logo
२०८० चैत्र १६ शुक्रवार

  तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३७ हजार नाघ्यो  



उपत्यकामा मात्र २४ घण्टामा ६ हजार ९८१ संक्रमित थपिए

स्वास्थ्य |


उपत्यकामा मात्र २४ घण्टामा ६ हजार ९८१ संक्रमित थपिए
फाइल तस्बिर


काठमाडौं, माघ ६ गते । काठमाडौं उपत्यकामा मात्र २४ घण्टामा ६ हजार ९८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पाँच हजार १, लतिपुरमा ११ सय ३० र भक्तपुरमा ८५० जनामा संक्रमण पुष्टि भएसँगै उपत्यकामा करिब सात हजारमा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या २६ हजार ६९८ पुगेको छ । ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या ३७ हजार ९३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा चार जनाको मृत्यु भएको छ भने ६ सय ४९ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ३४ हजार २१४ जनाले खोप लगाएका छन् । अहिलेसम्म चार करोड तीन लाख ८८ हजार ८४४ खोपको मात्रा पाप्त भएको छ भने प्राप्त खोपमध्ये दुई करोड ८७ लाख ३३ हजार ८३ मात्रा खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?