logo
२०८० चैत्र १५ बिहीवार



२४ घण्टा नौ हजार ५०२ नयाँ सङ्क्रमित थपिए, चार जनाको मृत्यु

स्वास्थ्य |


२४ घण्टा नौ हजार ५०२ नयाँ सङ्क्रमित थपिए, चार जनाको मृत्यु


काठमाडौं, माघ ५ गते । नेपालमा कोरोना सङ्क्रमण हालसम्मकै धेरै पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ५०२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ७८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पाँच हजार ३३१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बुधबार भएको सङ्क्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?