logo
२०७८ माघ ८ शनिवार



सेन्ट्रल गल्फमा सुक्रकै अग्रता

खेलकुद |


सेन्ट्रल गल्फमा सुक्रकै अग्रता


काठमाडौँ, पुस २९ गते । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको तेस्रो दिन पनि सुक्रबहादुर राईले अग्रता कायम राख्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बिहीबार सुक्रले चार अन्डर ६८ खेल्नुभयो । ५४ होलको समाप्तिसँगै सुक्रको कूल ११ अन्डर २०५ स्कोर छ ।

कूल सात अन्डर २०९ स्कोर बनाउनुभएको घरेलु प्रो भुवन नगरकोटी दोस्रो स्थानमा हुनुहुन्छ । भुवनले बिहीबार तीनअन्डर ६९ खेल्नुभयो । कूल पाँच अन्डर २११ खेल्नुभएका रवि खड्का तेस्रो स्थानमा हुनुहुन्छ । रविले बिहीबार एक अन्डर ७१ खेल्नुभएको थियो ।

एमेच्योरतर्फ सुवास तामाङ शीर्षस्थानमा उक्लिनुभएको छ । बिहीबार एक ओभर ७३ खेल्नुभएका सुवासको कूल चार अन्डर २१२ स्कोर छ । दोस्रो स्थानमा रहनुभएका सद्भाव आचार्यको कूल दुई ओभर २१८ स्कोर छ । चार दिने प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगिताको प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रपियाँ पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?