logo
२०८१ बैशाख ८ शनिवार



गल्फ टुरमा भुवनको एकल अग्रता

खेलकुद |


गल्फ टुरमा भुवनको एकल अग्रता


काठमाडौँ, मङ्सिर २१ गते । सूर्य नेपाल काठमाडौँ ओपनको दोस्रो दिन भुवन नगरकोटीले एकल अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार एक अन्डर ६७ खेल्दै भुवन अग्रस्थानमा रहनुभएको हो । पहिलो दिन पाँच अन्डर खेल्नुभएका भुवनको समग्रमा ६ अन्डर एक सय ३० स्कोर छ ।

रवी खड्का दोस्रो स्थानमा हुनुहुन्छ । मंगलबार एक अन्डर ६७ खेल्नुभएका रवीको कुल पाँच अन्डर एक सय ३१ स्कोर छ । एमेच्योरतर्फ शीर्षस्थानमा रहनुभएका सुवास तामाङ समग्रमा तेस्रो स्थानमा हुनुहुन्छ । पहिलो दिन इभनपार ६८ खेल्नुभएका सुवासले मंगलबार चार अन्डर ६४ खेल्नुभयो । उहाँको कुल चार अन्डर एक सय ३२ स्कोर छ ।

३६ होलको समाप्तिसँगै २१ जना ६ जना एमेच्योर थप ३६ होलको फाइनल चरणमा स्थान बनाएका छन् । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा ५५ गल्फरको सहभागिता रहेको थियो ।

कूल ६ लाख ४० हजार रुपैयाँ पुरस्कार राशी रहेको विजेताले एक लाख १० हजार, उपविजेताले ७४ हजार र तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा एमेच्योर तर्फको विजेतालाई ट्रफी प्रदान गरिने आयोजकले बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?