logo
२०८१ बैशाख ८ शनिवार



सदस्य सचिवलाई खेलाडी संघको ज्ञापनपत्र

खेलकुद |


सदस्य सचिवलाई खेलाडी संघको ज्ञापनपत्र


माठमाडौं, मङ्सिर २१ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीएस)ले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा राखेप पुगेको खेलाडी टोलीले घिसिङलाई विभिन्न ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा सरकारले खेलाडीको बीमा, वर्तमान र पूर्व खेलाडीलाई शिक्षा, स्वास्थ्य, यातायात भत्ता, सामाजिक सुरुक्षा कोष, दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिनु पर्नेलगायत विषय उल्लेख छ ।

संघले स्वर्ण पदक विजेता खेलाडीलाई मात्र नभई रजत र कास्य पदक विजेतालाई पनि नियमित भत्ता र रोजगारको व्यवस्था गरिनुपर्ने माग पनि राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?