logo
२०८१ बैशाख १२ बुधवार



प्रथम उपाध्यक्ष कप झापा गाउँपालिकाकाे हातमा

खेलकुद |


प्रथम उपाध्यक्ष कप झापा गाउँपालिकाकाे हातमा


लीला झापाली
बिर्तामोड, मङ्सिर १७ गते । झापाको कमल गाउँपालिका आयोजित प्रथम उपाध्यक्ष कप भलिबलको फाइनलमा झापा गाउँपालिकाले जितेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले नगद एक लाख एक हजार रुपैँया समेत हात पारेको हो । उपविजयी हुने बाह्रदशी गाउँपालिकाले नगद ५१ हजार रुपैँयामा चित्त बुझाएको छ ।

फाइनल खेलमा बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कप उचालेको हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी समेत झापा गाउँपालिकाका रोहित सिवाकोटी हुनुभयो ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमलाई कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष वेनुप्रसाद सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलगायतले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?