logo
२०७८ माघ १४ शुक्रवार



केदारनाथ यसरी राहुल बने

विचार/दृष्टिकोण |


केदारनाथ यसरी राहुल बने


शार्दूल भट्टराई

राहुल साङ्कृत्यायन कसैका लागि नयाँ र अपरिचित नाम होइन । यो नाम विश्वकै विद्वत् व्यक्तित्वका रूपमा सुपरिचित छ । राहुल ठूला विद्वान् थिए । विद्वताका अद्भुत विशेषताहरू उनमा थिए । असङ्ख्य कृतिका रचनाकार, त्यसमा पनि अत्यन्तै गहकिला कृतिका लेखक राहुल विश्वकै ठूला विद्वान् मात्र थिएनन्, उनी एउटा चमत्कारपूर्ण व्यक्तित्व पनि थिए । उनको विद्वतापूर्ण व्यक्तित्व मात्र चमत्कारपूर्ण छैन, उनको जीवनयात्रा पनि चमत्कारपूर्ण ढङ्गले सफलतामा अगाडि बढेको देखिन्छ । जति चमत्कारपूर्ण उनको व्यक्तित्व छ, त्यही व्यक्तित्वको प्रतिविम्बझैँ उनको जीवनयात्रा पनि सफलताका दृष्टिले चमत्कारपूर्ण बन्न पुगेको छ ।

राहुल साङ्कृत्यायनको जन्म सन् १८९३ मा भारतको उत्तरप्रदेशको आजमगढमा भएको थियो । उनको सुरुको नाम केदारनाथ पाण्डे थियो । उनी मामाघरमा जन्मिएका थिए । उनको बाल्यकालको केही समय मामाघरमै बितेको थियो । उनी बाल्यकालमा निकै धार्मिक स्वभावका थिए र सधैँ देवीको पूजामा लीन हुन रुचाउ“थे । एक पटक उनी देवीको दर्शन पाउने आशामा देवीलाई खुसी पार्ने पूजा–प्रार्थनामा अहोरात्र लागे तर जति गरे पनि देवीले उनलाई दर्शन दिइनन् । आफू देवीको भक्त होइन, पापी भएकाले देवीले दर्शन नदिएको केदारनाथले ठाने । आफूजस्तो पापी मान्छे यो संसारमा केका लागि किन बा“च्नु भन्दै उनले आत्महत्या गर्ने निर्णय गरे । उनले आत्महत्या गर्नकै लागि भनेर अत्यधिक मात्रामा धतुरो खाए । त्यसको असर त प¥यो तर आत्महत्या नै गर्ने उनको निर्णय सफल हुन
भने सकेन ।

केदारनाथ प्राथमिक कक्षामा पढ्दै थिए । मावलीका हजुरबाबुले एघार वर्षकै उमेरमा उनको विवाह गरिदिए । यो घटनाबाट उनलाई घरमा बस्न मन लागेन । उनले घर छोडेर अन्यत्रै जाने मनस्थिति बनाए । त्यही क्रममा गाउ“ नजिकको एउटा आश्रममा संस्कृत पढ्न थाले । त्यही समयमा आफ्नो जीवनलाई सम्झेर निराशा बढ्न थालेपछि उनी घरै छोडेर हि“डे । त्यतिबेला उनको उमेर पन्ध्र वर्षको थियो ।

उनी भ्रमणका सौखिन थिए । भ्रमणकै क्रममा देशका विभिन्न भागमा पुगी अरबी, फारसी र संस्कृत भाषा पढे । १९ वर्षको उमेरमा उनी बिहारको एउटा मठमा पुगे । उनी त्यही“ रहन थाले । वैष्णवहरूको सङ्गतबाट उनी वैष्णव सम्प्रदायमा लागे । केदारनाथले गेरुवस्त्र धारण गरे । नाम पनि परिवर्तन गरेर केदारनाथबाट रामोदारदास राखे । उनी मठका महन्तको उत्तराधिकारी बनेर रहन थाले । त्यसैताका भारतमा दयानन्द सरस्वतीको धार्मिक सुधार आन्दोलन आर्य समाजको प्रचारप्रसार तीव्र बनिरहेको थियो । बीस वर्षकै उमेरमा सन् १९१४ मा उनी आर्य समाजको विचारबाट प्रभावित बन्न पुगे । उनले मठ छाडे । आर्य मुसाफिर विद्यालयमा पुगेर ‘सत्यार्थप्रकाश’ पढ्न थाले । यसै समयमा गान्धीको नेतृत्वमा सञ्चालित स्वतन्त्रता आन्दोलनतर्फ आकर्षित हुन पुगे । रामोदारदास स्वतन्त्रता आन्दोलनमा संलग्न रहेकै बेला सन् १९२३ मा गिरफ्तार भए । हजारीबाग जेलमा दुई वर्ष रह“दा उनले ज्योतिषशास्त्र, विज्ञान र गणितको अध्ययन गरे ।

जेलबाट रिहा भएपछि उनमा घुम्ने र समाजको अध्ययन गर्ने चाहना बढ्यो । त्यसैले उनी अध्ययन यात्रामा लागे । अध्ययन यात्रामा हि“ड्नु अघि एक पटक आफ्नो घर पनि पुगे । उनकी पत्नी उनकै चिन्ताले गर्दा अत्यन्तै दुब्ली र बूढीजस्ती देखिएकी थिइन् । रामोदारदासले आफ्नी पत्नीलाई ‘माता’ भनेर सम्बोधन गरे । ‘बिदा पाउ“ माता’ भनेर पत्नीलाई नमस्कार गर्दै उनी हिमाली क्षेत्रको भ्रमणमा हि“डे । हिमाली क्षेत्रको भ्रमणपछि सन् १९२७ मा गेरुवस्त्र फालेर श्रीलङ्का पुगे । त्यहा“को विद्यालङ्कार महाविद्यालयमा अध्ययन गर्न थाले । सो महाविद्यालयले उनलाई ‘त्रिपिटकाचार्य’ को उपाधि दिएको थियो ।

श्रीलङ्काबाट फर्किएपछि उनी गुप्तरूपमा भेष बदलेर नेपालको बाटो हु“दै तिब्बत छिरे । यो उनको अत्यन्तै कठिन र साहसपूर्ण यात्रा थियो । उनी ल्हासा पुगे । उनका लागि त्यहा“को खोज र अनुसन्धान एकदमै महìवपूर्ण रह्यो । उनमा बौद्ध दर्शनजस्तो वैज्ञानिक अरू कुनै दर्शन नभएको विश्वास जाग्यो । उनी दयानन्द सरस्वतीको धार्मिक सुधारको आन्दोलन छाडेर बौद्ध दर्शनतिर लागे । त्यसपछि उनी पुनः श्रीलङ्का पुगे । सन् १९३० मा बौद्ध भिक्षु बनेपछि रामोदारदास बाबा नाम फेरेर राहुल साङ्कृत्यायन बन्न पुगे । त्यसलगत्तै उनको युरोप यात्रा सुरु भयो । युरोप यात्रापछि उनले जापान, इरान, सिङ्गापुर, कोरियालगायतका मुलुकको भ्रमण गरे । यसैक्रममा उनले दोस्रो पटक तिब्बतको भ्रमण गरे । राहुल र उनका कृतिका बारेमा सर्वत्र चर्चा सुरु भयो । उनलाई बौद्ध दर्शनमा सर्वश्रेष्ठ विद्वान्का रूपमा मान्न थालियो ।

राहुल साङ्कृत्यायन तत्कालीन सोभियत सङ्घ सरकारको निमन्त्रणामा सन् १९३६ मा मस्को पुगे । उनी लेनिनग्राद विश्वविद्यालयअन्तर्गत संस्कृत र अन्य भाषा पढाउन थाले । त्यही“ रह“दा उनले माक्र्सवादी दर्शनको गहन अध्ययन गरे । उनी माक्र्सवादबाट प्रभावित मात्र भएनन्, आफैँ पनि माक्र्सवादी बन्न पुगे । सोभियत सङ्घमै रह“दा उनले आफैँले पढाएकी इलिना नोवर्तोनास“ग विवाह गरे । उनले इलिनाको भारतीय नाम लोला राखेका थिए । लोलाबाट एक छोरा इगर राहुलोविच जन्मेका थिए । राहुलले भारत फर्किंदा श्रीमती लोला र छोरा इगरलाई पनि भारत ल्याउन खोजेका थिए तर त्यतिबेला भारतीय र सोभियत सरकारले उनलाई त्यो अनुमति दिएनन् । उनी एक्लै भारत फर्किए ।

माक्र्सवादबाट प्रभावित भएर आफैँ पनि कट्टर माक्र्सवादी बन्न पुगेका राहुल भारत फर्किएपछि अध्ययन–अनुसन्धानस“गै बिहारलगायतका ठाउ“मा किसान आन्दोलनमा लागे । उनी त्यहा“को साम्यवादी किसानसभाको अध्यक्ष पनि बने । बिहारमा किसान आन्दोलनलाई उठाउन महìवपूर्ण भूमिका खेलेका राहुललाई अङ्ग्रेज सरकारले गिरफ्तार गरेर जेलमा हाल्यो । उनले तीन महिना जेलमा बिताए । त्यसबेला उनले राजनीतिक दर्शन, विज्ञान, समाजशास्त्र र इतिहासका बारेमा गहन अध्ययन गर्ने मौका पाए । ‘मानव समाज’, ‘विश्वको रुपरेखा’, ‘दर्शन–दिग्दर्शन’, ‘वैज्ञानिक भौतिकवाद’ जस्ता महìवपूर्ण किताब राहुलले यसै समयमा लेखेका थिए । उनी माक्र्सवादका विद्वान्, किसान आन्दोलनका नेता र प्रगतिवादी साहित्यका शिखर व्यक्तित्वका रूपमा
बहुचर्चित बन्न पुगे ।

राहुल ३६ भन्दा बढी भाषाका ज्ञाता थिए । चोटिलो भाषाका धनी राहुल कुनै पनि विषयमा लेख्नुपर्दा पहिले त्यसको गम्भीर रूपमा अध्ययन गर्थे । गहन अध्ययनपछिको लेखनकै कारण उनका कृतिहरू प्रभावशाली रहेका छन् । किसान आन्दोलन र भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सक्रिय राहुल फेरि जेल परे । सन् १९४१ मा जेलबाट छुटेपछि आफू माक्र्सवादी दर्शनको गहन अध्ययनबाट कम्युनिस्ट हुन सकेकोमा आफैँप्रति गर्व गर्न पुगे । ‘भोल्गादेखि गङ्गा’, ‘हिन्दी काव्यधारा’, ‘नया“ भारतको नया“ नेता’ जस्ता पुस्तक उनले यसै समयको सेरोफेरोमा लेखेका थिए ।

लेखकीय स्वतन्त्रताका पक्षधर थिए राहुल साङ्कृत्यायन । उनी दास मनोवृत्तिका विरोधी थिए । भारतीय कम्युनिस्ट पार्टीस“ग सम्बद्ध रहे पनि उनी बौद्धिक स्वतन्त्रतालाई कसैले पनि थुनछेक गर्न नहुने धारणा राख्थे । कतिपय मौलिक र स्वतन्त्र विचारका कारण कम्युनिस्टहरूबाटै उनको आलोचना हुने गथ्र्यो तर उनी त्यस्ता आलोचनालाई धेरै महìव दि“दैनथे । उनी आफ्नो विशिष्ट मौलिकतासहित अगाडि बढिरहे ।

भारतीय स्वतन्त्रता सङ्ग्राममा कम्युनिस्ट पार्टीका तर्फबाट महìवपूर्ण भूमिका खेलेका राहुलले भारतमा भाषाका बारेमा चलेको विवादमा आफूलाई प्रखर ढङ्गले उभ्याए । सन् १९४७ तिर भारतमा राष्ट्रभाषा र सरकारी भाषाका सम्बन्धमा ठूलै विवाद मच्चियो । ‘हिन्दी’ भाषा कि ‘हिन्दुस्तानी’ भन्ने विवादमा राहुल शुद्ध हिन्दी राष्ट्रभाषा बन्नुपर्छ भन्ने पक्षमा रहे । हिन्दी साहित्य सम्मेलनमा सभापतिको आसनबाट हिन्दीको पक्षमा उनले बोलेका कुराहरूले भारतभर खैलाबैला मच्चायो । कम्युनिस्ट पार्टीका नेताहरूसमेत उनीसित रिसाए तर राहुल आफ्नो धारणामा अडिग रहे । कम्युनिस्ट पार्टीले उनीमाथि कारबाही गरे पनि उनी पार्टीलाई सघाउ“दै आफ्नो लेखनमार्फत माक्र्सवादको प्रचारमा लागिरहे । यो अवधिमा उनले कार्लमाक्र्स, लेनिन, स्टालिन, माओ आदिका जीवनीहरू लेखे । ‘कम्युनिस्ट के चाहन्छन्’, ‘अतीतबाट वर्तमान‘, ‘कुमाऊ’, ‘गढवाल’, ‘नेपाल’ आदि किताब उनले यही समयमा लेखेका थिए ।

कालिम्पोङमा रहेर ‘भारतीय शासन शब्दकोश’ को तयारीमा लागेका राहुलले कमला परियारस“ग विवाह गरे । दमाईकी छोरीलाई विवाह गरेको भनी एकथरीले उनको चर्कै विरोध गरे तर उनले त्यस्तो विरोधको कुनै परवाह गरेनन् । उनलाई जहा“ गयो त्यही“ विवाह गर्ने भनेर आरोप लगाउनेहरू पनि छन् तर उनको उद्देश्य र नियत त्यस्तो देखिँदैन । राहुल साङ्कृत्यायन र कमला साङ्कृत्यायनले सोभियत सङ्घमा गएर लोला र उनका छोरा इगर, जो पाइलट बनिसकेका थिए, तिनलाई समेत भेटेका थिए । कमला साङ्कृत्यायनका तर्फबाट राहुलका एक छोरा जेता साङ्कृत्यायन र एक छोरी जया साङ्कृत्यायन रहेका छन् ।

मसुरीमा घर किनी राहुलको परिवार त्यही“ बस्ने गरेको थियो । ‘हिमाञ्चल प्रदेश’, ‘हिमालय दर्शन’, ‘चीनमा के देखे“’, ‘चीनको कम्युन’, ‘भारतमा अङ्ग्रेजी राजका संस्थापक’ लगायतका पुस्तक उनले मसुरीमै रह“दा लेखेका थिए । थुप्रै किताबको अनुवाद र सम्पादनको काम पनि राहुलले गरे । काशीको विद्वत् मण्डलीले उनलाई महापण्डितको उपाधि दिएको थियो । राहुललाई सार्वजनिक अभिनन्दन गरी यो उपाधि दिइएको थियो ।
राहुल फेरि पनि चीन गएर अध्ययन–अनुसन्धानमा संलग्न रहन चाहन्थे । उनले त्यसका लागि चीन सरकारस“ग पत्राचार पनि गरे । स्वीकृति पाएपछि उनी मसुरीको घर बेची चीन गए तर तिब्बतको विवादका कारण उनी त्यहा“ रहन पाएनन् । उनी भारतमै फर्किए र दार्जिलिङमा रहन थाले । त्यहीँ रहेर उनले अध्ययन, अनुसन्धान र लेखनको कार्यलाई निरन्तरता दिए ।

दार्जिलिङमा बस्न थालेपछि श्रीलङ्का विश्वविद्यालयमा प्राध्यापन गर्न फेरि श्रीलङ्का पुगेका राहुल त्यहीँ गम्भीर बिरामी परे । त्यसपछि उनी दार्जिलिङ नै फर्किए । उनको सम्झना शक्ति नै हरायो । उनमा बच्चाको जस्तो स्वभाव देखाप¥यो । सोभियत सङघमा रहेर सात महिनासम्म उपचार गर्दा अलिअलि ठिक त भयो तर पूरा निको भएन । सन् १९६४ मा ६९ वर्षको उमेरमा दार्जिलिङमा उनको निधन भयो ।
नेपालको बारेमा समेत धेरै कुरा लेख्न पुगेका राहुल विश्वकै ठूला विद्वान्मध्येमा मानिन्छन् । इतिहास, भूगोल, समाज, धर्म, संस्कृति, दर्शन, राजनीति, साहित्य, विज्ञानलगायत अनेकौँ विषयमा राहुलले एक सय ५७ वटा कृति लेखेको अनुमान छ । त्यसबाहेक, उनले अनुवाद र सम्पादन गरेका पुस्तकहरू पनि प्रशस्तै छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college