logo
२०८१ बैशाख ७ शुक्रवार



एउटा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न

मुख्य समाचार |
राजनीति |


एउटा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न


काठमाडौँ, मङ्सिर ९ गते । सत्तारुढ दल नेपाली काँग्रेसले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ६ गतेदेखि सुरु भएको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा बिहीबार अधिवेशन सम्पन्न भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।

एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । ‘बिहीबार साँझसम्म एक निर्वाचन क्षेत्र भएको ३२ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ’, उहाँले भन्नुभयो, ‘२९ जिल्लाका सभापतिको परिणाम आइसक्यो । बाँकी जिल्लाको मतगणना जारी छ । भोलि बिहानसम्म परिणाम आउनेछ ।’

एक निर्वाचन क्षेत्र भएका तीन जिल्लाको मात्र मत परिणाम आउन बाँकी छ । ‘एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये अब तीन जिल्ला बाँकी छन् । भोलिसम्म दार्चुलाको मतपरिणाम आउँछ । रसुवा र धनकुटाको बाँकी हो । धनकुटामा चाहिँ सहमति गर्न खोजिएकोले रोकिएको हो, नभए नतिजा आइसक्थ्यो’, उहाँले बताउनुभयो ।

रसुवाको चुनावी प्रक्रिया कसरी सुचारु गर्ने भनेर अहिले बैठक बसिरहेको छ उहाँको भनाइ छ । बिहीबार दार्चुला जिल्ला अधिवेशन भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी, धनकुटामा चुनावी प्रक्रिया अगाडि बढेको छ । बर्दियामा क्षेत्रीय चुनाव भएको र बाँकेको मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । उता सप्तरीमा भने बिहीबार मात्र प्रदेश अधिवेशन जारी छ ।

काँग्रेसकोे पछिल्लो संशोधित १४ औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुरुप मङ्सिर १० गते शुक्रबारदेखि दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुँदैछ । ‘भोलि दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा अधिवेशन सुरु हुनेछ’, उहाँले भन्नुभयो ।

यसैगरी, धनुषामा पनि प्रदेश अधिवेशन सकिएर क्षेत्रको अधिवेशनको तयारी पूरा भएको छ । महोत्तरीको मतपरिणाम आउने प्रक्रियामा रहेको र सर्लाहीमा शुक्रबार वडा अधिवेशन सुरु हुनेछ । रौतहटको क्षेत्रको प्रक्रिया सकिन लागेको र बारा र पर्सामा पालिका अधिवेशन सुरु हुन लागेको छ ।

मङ्सिर २४ गते नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन काठमाडौँमा हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?