logo
२०८१ बैशाख १२ बुधवार



यू–१९ पुरुष क्रिकेट : प्रदेश १ र २ विजयी

क्रिकेट |
खेलकुद |


यू–१९ पुरुष क्रिकेट : प्रदेश १ र २ विजयी


काठमाडौँ, मङ्सिर ९ गते । यू–१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार प्रदेश १ र प्रदेश नम्बर २ विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७६ रनले हरायो ।

जारी प्रतियोगितामा प्रदेश १ को लगातार दोस्रो जित हो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई दुई विकेटले हरायो । मुलपानीमा प्रदेश १ ले दिएको दुई सय ४० रनको विजय लक्ष्य पछ्याएको कर्णाली ३८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटिएको थियो ।

यसैगरी कीर्तिपुर मैदानमा सुदुरपश्चिमले दिएको दुई सय ९१ रनको विजय लक्ष्य प्रदेश २ ले ४९.१ ओभरमा आठ विकेटको क्षतीमा पूरा गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?