logo
२०८१ बैशाख ७ शुक्रवार



एसियन यु–१४ -याङकिङ टेनिस : स्वर्ण पदकमा नेपालको ‘क्लिन स्विप’

खेलकुद |


एसियन यु–१४ -याङकिङ टेनिस : स्वर्ण पदकमा नेपालको ‘क्लिन स्विप’


काठमाडौँ, मङ्सिर ९ गते । एसियन यु–१४ -याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को चारै स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । बिहीबार भएको सिंगल्स फाइनलको ब्वाइज/गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्षस्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज/गर्ल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले नेपालका दर्शिल श्रेष्ठलाई ६–१, ६–० को सोझो सेटमा हराउनुभयो । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेस्रो हुनुभयो ।

सातदोबाटोस्थित टेनिस कम्प्लेम्समा भएको गर्ल्स सिंगल्स फाइनलमा नेपालकी सुनिरा थापाले नेपालकै प्रशंसा मोक्तानलाई ६–४, ७–६ (३) को सेटमा हराउनुभयो । नेपालकी आद्या पौडेल र अमेरिकाकी नाला जोस्फिन मास्केले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । अघिल्लो साता सम्पन्न सर्किट–१ को सिंगल्समा पनि सक्षम र सुनिरा नै च्याम्पियन बन्नुभएको थियो ।

यसअघि डबल्सको ब्वाइजमा सक्षम र दर्शिल तथा गर्ल्समा सुनिरा र प्रशंसाको जोडीले स्वर्ण जित्नुभएको थियो । पाँचदिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका ३३ खेलाडीले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?