logo
२०८१ बैशाख ८ शनिवार



सुडानको राजधानीमा दर्जनौं प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

अन्तर्राष्ट्रिय |


सुडानको राजधानीमा दर्जनौं प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार


खार्तुम, मंसिर २ गते । सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

उत्तरी खार्तूममा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए ।

गत महिना सेनाले कब्जामा लिएपछि कू विरोधी बुधबारको प्रदर्शनी सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ ।

चिकित्सकहरूले जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?