logo
२०८१ बैशाख ८ शनिवार

कनकमुनि बुद्धसँग जोडिएको अरौराकोट संरक्षण भएन

फोटो फिचर |
प्रदेश |
पर्यटन |


2021-10-28-49465
कनकमुनि बुद्धले बाल्यकाल तथा वैवाहिक जीवन व्यतित गरेको अरौराकोट


नारद कोहार
तौलिहवा, कात्तिक ११ गते । कपिलवस्तुको अरौराकोट संरक्षणको पखाइमा छ । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको कनकमुनि बुद्धले बाल्यकाल तथा वैवाहिक जीवन व्यतित गरेको ठाउँ अरौराकोट ओझेलमा परेको हो ।
पुरानो शहरका रुपमा रहेको आयातकार एवं चौडा आकारको पुरातात्विक एंव धार्मिक महत्व बोकेको यस क्षेत्रलाई प्राचीन कालमा इँट्टा प्रयोग गरी बनाइएको किल्ला पर्खालले घेरिएको छ ।
कपिलवस्तुमा बुद्धसँग सम्बन्धित एक सयभन्दा बढी पुरातात्विक स्थल रहेको छन् । बुद्ध जन्मस्थलमा विश्वभरका पर्यटक ओइरिइरहँदा कपिलवस्तुमा बुद्धसँग सम्बन्धित विभिन्न पुरातात्विक स्थल भने ओझेल परेका छन् ।
यसको विकासका लागि स्थानीय सरकारसँग पर्याप्त बजेट छैन । संघ र प्रदेश सरकारले यसको विकासका लागि चासो नदेखाउँदा ओझेलमा परेको कपिलबस्तु नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामगोपाल यादवले बताउनुभयो ।
अरौराकोट कनकमुनि बुद्धको राजधानी भनेर किताबहरुमा देख्न पाइएको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताउनुभयो । अरौराकोटको विकासका लागि लुम्बिनी विकास कोषले चाँडै नै त्यो क्षेत्रमा तारबार र त्यसको उत्खाननका लागि पुरातत्व विभागसँग पहल गर्ने सदस्य ज्ञवालीले बताउनुभयो ।
जुन अवस्थामा त्यसलाई देखिराख्नु भएको छ लुम्बिनी विकास कोषले त्यो क्षेत्रको संरक्षण, सरसफाई र व्यवस्थित गर्नको लागि  आफ्नो गुरुयोजनाभित्र राखिसकेको र त्यसलाई चाँडै नै संरक्षण गर्ने सदस्य ज्ञवालीले बताउनुभयो ।
हुन त भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोट यही जिल्लामा पर्दछ तर जुन किसिमले यहाँको विकास हुनुपर्ने हो त्यस किसिमको विकास हुनसकेको छैन । अरौराकोटको उचित विकास र संरक्षण हुन नसकेपछि गौचरण र खेलमैदानमा परिणत हुँदै गएको छ ।