logo
२०८० चैत्र १६ शुक्रवार



मौसमसम्बन्धी सूचना नपुग्दा बढी क्षति

मुख्य समाचार |


मौसमसम्बन्धी सूचना नपुग्दा बढी क्षति


काठमाडौँं, कात्तिक ७ गते । जल तथा मौसम विज्ञान विभागमातहतको मौसम पूर्वानुुमान महाशाखाले जारी गरेको पूर्वसचेतनासम्बन्धी सूचना पछ्याउन नसक्दा बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । गृह मन्त्रालयमातहतका अधिकारी, स्थानीय प्रशासनले समेत महाशाखाको पूर्वानुमानबाट सचेत भएको भए क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् । मौसमविद् वरुण पौडेलले असोज ३१ गते नै मौसमका विषयमा विशेष बुटेलिन जारी गरेर सचेत रहन गरिएको आग्रह बेवास्ता गर्दा ठूलो क्षति भएको दाबी गर्नुभयो । महाशाखाले वर्षाको सम्भावना रहेको भन्दै चार प्रदेशमा विशेष सचेतना अपनाउन आग्रह गरेको थियो ।

गृह मन्त्रालयमातहतको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले प्रकोपलाई सानो घटनाका रूपमा बुुझ्नु र मौसम पूर्वानुुमानलाई हलुका ढङ्गले लिँदा मानवीय क्षति बढेको बताउनुुभयो । महाशाखाले भारी वर्षाको सम्भावना हुने क्षेत्रमा सर्वसाधारणलाई पैदल हिँड्न र यात्रा गर्नसमेत सावधानी अपनाउन सुुझाएको थियो । भारतको आन्ध्रप्रदेश तथा ओडिसाको तटीय क्षेत्रआसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले वर्षाको सम्भावना औँल्याइएको थियो ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले पूर्वसचेतना वा जानकारी पाएको भए क्षति न्यूनीकरण गर्न सकिन्थ्यो भन्नुहुँदै ३६ घण्टा निरन्तर पानी पर्दा पहिरोले बढी क्षति भएको जानकारी दिनुुभयो । पाँचथरको मिक्लाजुुङमा मात्रै २२ जनाको मृत्यु र तीनजना बेपत्ता छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरबाट कुनै पूर्वसूचना नपाएको उहाँले बताउनुभयो । गृह मन्त्रालयका अनुसार गत सोमबार र मङ्गलबारको भारी वर्षापछि आएको बाढीपहिरोले हालसम्म १११ जनाको मृत्यु भएको छ । यस्तै, ३३ जना बेपत्ता र ३२ जना घाइते भएका छन् । दुुई घरमा आंशिक क्षति र ७१ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । सबैभन्दा बढी प्रदेश १ मा ६६ जनाले ज्यान गुुमाएका छन् भने नौ जना बेपत्ता छन् । सुदूरपश्चिममा ३४ जनाको मृत्यु र २० जना बेपत्ता छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारी वर्षाको पूर्वानुमान स्थानीयस्तरमा पुुगेको भए क्षति कम हुुने बताउनुुभयो । सबैजना दशैँको ‘मुुड’मा रहेकाले काटेको धानबालीसमेत उठाउन नसक्दा बालीमा अत्यधिक क्षति भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “मौसम विभागले भनेको थियो तर विगतको अनुुभवले यति धेरै क्षति होला भन्ने अनुमान भएन ।” टीकापुर क्षेत्रमा कर्णालीको तटबन्ध भत्किएर पानी भित्र पस्दा कैलालीमा अत्यधिक मात्रामा धानबालीमा क्षति पुुगेको छ । प्रजिअ थापा दुुई दिनअघि मात्रै सरुवा भएर कैलाली पुुग्नुुभएको हो ।
विपत् व्यवस्थापनका लागि स्थानीय र प्रदेशस्तरमा गृह मन्त्रालयमातहतको विभिन्न संयन्त्रले सहजीकरण र समन्वयको काम गर्दै आएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपत्को पूर्वतयारी, अध्ययन, समन्वय, सहजीकरण र परामर्शको काम गर्दै आएको छ । विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले समेत ऐन, कानुन र विपत्सम्बन्धी संरचना निर्माणका लागि पहल गर्दै आएको छ ।

महाशाखाका प्रमुख पाण्डेले मेलम्चीमा ठूलो बाढी आउँदा पूर्वसचेतनाले नै मानवीय क्षति थोरै भएको तर पछिल्लोपटक सचेतनामा लापरबाही हुुँदा क्षति अत्यधिक भएको बताउनुभयो । यसप्रकारको पूर्वसचेतना ल्याउन स्थानीय प्रशासन नै जिम्मेवार हुुनुुपर्ने उहाँले बताउनुुभयो ।
कात्तिकमा बाढी यो पहिलो होइन जल तथा मौसम विज्ञान विभागले कात्तिक महिनामा बाढी पहिलो पटक नभएको स्पष्ट गरेको छ । यसअघि सन् २००९ मा धनगढी र दिपायलसहित पश्चिम नेपालका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । उक्त वर्ष कात्तिकमा धनगढीमा ४२२.२ मिलिमिटर र दिपायलमा ४५१.७ मिलिमिटर पानी परेको थियो । त्यसअघि विराटनगरमा सन् २००१ मा ५६०.८ मिलिमिटर पानी परेको थियो । यसअघि हुदुद आँधीको प्रभावले सन् २०१४ मा नेपालमा ठूलो मानवीय क्षति भएको थियो । धौलागिरि हिमालमा हिउँपहिरो जाँदा कम्तीमा तीन दर्जनभन्दा बढी पदयात्रीको निधन भएको थियो । त्यसपछि पूर्वको धनकुटादेखि पश्चिमको दिपायलसम्म एकै पटक कात्तिक पहिलो साता भारी मात्रामा वर्षा भएको यो पहिलो अवसर हो ।

मौसम विभागका अनुसार यस वर्ष कात्तिक ४ गतेभित्र धनकुुटामा २४५.५, विराटनगरमा १३६, धनगढीमा ३७९.२, दिपायलमा ३९०.४ र भैरहवामा २२०.७ मिलिमिटर पानी परेको छ । मौसमविद् पौडेलका अनुसार, असोज तेस्रो साता नै मनसुन बाहिरिसकेकाले ठूलो पानी पर्ने अनुमान थिएन । तर, अचानक आएको मौसमी फेरबदलले ठूलो पानी प¥यो । महाशाखाले गर्ने ‘अलर्ट’लाई सम्बन्धित सबै निकायले गम्भीरतापूर्वक लिएर स्थानीय तहसम्म पुु¥याए क्षति न्यूनीकरण गर्न सकिने उहाँले बताउनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?