logo
२०८० चैत्र १६ शुक्रवार



अर्ली निर्वाचनामा जाने कुरा असम्भव छः वरिष्ठ नेता पौडेल

राष्ट्रिय |
प्रदेश |


अर्ली निर्वाचनामा जाने कुरा असम्भव छः वरिष्ठ नेता पौडेल


कृतबहादुर विष्ट
फूलवारी (कैलाली), कात्तिक ५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचनमा जान नसकिने बताउनुभएको छ । शनिबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुुग्नुभएका बरिष्ठ नेता पौडेलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनुभएको हो ।

शुक्रवार मात्रै धनगढीमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अर्ली निर्वाचनबारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताउनुभएको थियो । त्यसको भोलिपल्ट आज सोही दलका बरिष्ठ नेता पौडेलले अर्ली निर्वाचन सम्भव नभएको बताउनु भएको हो ।

‘अहिले अर्ली निर्वाचनाम जाने कुरा विरोधाभास र असम्भव छ,’ नेता पोडेलले भन्नुभयो, ‘हामै्र पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनस्र्थापना भएर सरकार बनेको छ, समय नपुुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो हैन ।’ पुनस्र्थापित संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने उहाँको भनाई छ ।

पार्टीको महाअधिवेशनबारेमा बोल्दै नेता पौडेलले काँग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेको बताउनुभयो । त्यसबारे पार्टी सभापतिलाई सचेत गराइएको पनि उहाँले बताउनुभयो । ‘केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन,’ उहाँले भन्नुभयोे, ‘चाँडै टुुंग्याएर प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितको सहयोगका लागि आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताउनुभयो । ‘म यहाँका बाढी प्रभावित क्षेत्रमा गएर पीडितलाई साथ दिनेछु,ँ’ उहाँले भन्नुभयोे, ‘छिटोभन्दा छिटो राहतका लागि सरकारलाई पनि दबाब दिनेछँु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?