logo
२०८० चैत्र १६ शुक्रवार



अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ

खुला |
प्रदेश |


अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ


सहदेव बस्नेत
जाजरकोट, कात्तिक ६ गते । जाजरकोटमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको शिवालय गाँउपालिका – ६ संगुरखालका २९ वर्षीय नवीन शाही र २२ वर्षका मनोज शाही अवैध चार थान भरुवा बन्दुक सहित पक्राउ परेका हुन् । पक्राउ परेका एकै घरका दाजुभाइ हुन् ।
प्रहरीका अनुसार शुक्रवार अस्थायी प्रहरी पोष्ट थालारैकरबाट प्रहरी सहायक निरीक्षक मन्दिर थापाको कमान्डमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
संगुरखाल रिसिना जंगलमा शिकार खेल्दै गरेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारी निजको घरमा खानतलासी गर्दा घरको चुलोको माथि दलिनमा राखेको अवस्थामा अर्को बन्दुक फेला परेको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले नविनकै सुचनाका आधारमा नजिकै रहेको मनोजको घरमा खानतलासी गर्दा एक बन्दुक निजको गोठमा र अर्को बन्दुक घरपछाडीको ओडारमा लुकाएर राखेको अवस्थामा फेला पारि चार ओटै एकनाले भरुवा बन्दुक बरामद गरिएको बताउनु भयो ।
पक्राउ परेका दुवैको जिल्ला अदालतबाट म्याद थपाएर अनुसन्धान भैरहेको डिएसपी थापाले बताउनुभयो । अवैध हातहतियार गाँउघरमा हुँदा झैझगडा हुनुका साथै अवैध चोरी शिकारी गरेर दुर्लभ बन्यजन्तुको विनास ब्यापक गुनासो पछि प्रहरीले अप्रेसन थालनी गरेको हो । पछिल्लो प्रहरी अप्रेशनबाट जाजरकोटमा धमाधम अवैध हतियार बरामद हुन थालेका छन् ।
बरामद गरिएका अवैध भरुवा बन्दुक । तस्बिर. सहदेव बस्नेत ,गोरखापत्र ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?