logo
२०८० चैत्र १५ बिहीवार



धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध

प्रदेश |


धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध


कोकिला भण्डारी
धनकुटा, कार्तिक २ गते । लगातारको बर्षाका कारण धनकुटाका विभिन्न स्थानमा पहिरो र वाढीले गर्दा ग्रामीण तथा कालोपत्रे सडक अबरुद्ध भएका छन् ।
उक्त सडक अबरुद्ध हँुदा सवारी साधान अलपत्र परेका छन् भने यात्रुलाई गन्तब्यमा पुग्न कठिनाई भई विचैमा अलपत्र परेका छन् ।
अविरल वर्षाले लेउती खोलामा आएको बाढीले कालोपत्रे सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिव ५० मिटर बाटो बगाएपछि सडक पुरै अवरुद्ध भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।
दिउँसो ४ बजेतिर पानीको वहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन हुन गई कोशी राजमार्ग सडकमा पस्नासाथ सडकमा क्षति भएको हो । उर्लिएर आएको खोलाका कारण क्षतिग्रस्त सडकसम्म जान कठिनाई भएको छ । बालुवा तथा माटो सहितको बाढी आइरहेकाले धरानदेखि आएका र धनकुटाबाट गएका सयौं गाडी बाटोमा नै रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् । पानीको वहाव बढेको कारण सडक अझै क्षति हुने सम्भावना रहेको छ ।
खोला उर्लिरहेका कारण तत्कालै वैकल्पिक बाटो बनाउने सम्भावना नभएकाले सडक खुल्ने अवस्था देखिदैन । ठाउँठाउँमा रुख ढल्दा र लगातार पानी परिरहेकोले थप क्षति हुने सम्भावना बढिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काका अनुसार जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बाटो बगाएको स्थानमा पुसिकेका छन् । बाढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन । बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको स्थानमा केहि होटल र स्थानीयको घर रहेको छ । कोशी राजमार्गको विभिन्न ठाउँमा पहिरो गइरहेको भए तापनि हालसम्म मानविय क्षति भने भएको छैन ।
बर्षाका कारण पहिरो र बाढी आउँदा धनकुटाका विभिन्न स्थानहरु भेडेटार, मुलघाट सडक खण्डको घण्टेमा बाढीले बाटो बगाउँदा सवारी साधन आवागमन अबरुद्ध बनेको हो । भने पाख्रिवास नगरपालिको डिकुरेमा पनि पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिनुभयो ।
धनकुटा नगरपालिका ७ मा १ घर पहिरोको जोखिममा रहकोले यी सबै स्थानमा प्रहरी परिचालन भई सकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?