logo
२०८१ बैशाख ११ मंगलवार



रियल बेटिस र इस्पानियोल विजयी

खेलकुद |


रियल बेटिस र इस्पानियोल विजयी


 

म्याड्रिड, कात्तिक २ गते । स्पेनिस ला लिगामा रियल बेटिसले अलाभेजलाई उसकै मैदानमा १–० ले हराएको छ । अर्को खेलमा इस्पानियोलले काडिजलाई २–० ले पराजित गर्यो ।

निर्धारीत समयको खेल सकिन एक मिनेट बाँकी छँदा बोर्या इग्लेसियसले गोल गरेपछि बराबरीतर्फ अग्रसर खेलमा रियल बेटिसले जित निकाली तीन अङ्क हािसल गर्न सफल भएको हो । बोर्याले जोआक्वीनको पासमा गोल गर्नुभएको हो । सो खेलमा निर्णायक गोल गर्न पास मिलाइदिने जोआक्वीन ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो ।

यस जितसँगै बेटिस आठौं स्थानमा उक्लिएको छ । नौ खेल खेलेका बेटिसको १५ अंक छ । अलाभेस रेलिगेसनको दबाबमा छ । अलाभेस मात्र तीन अङ्क बनाएपछि अन्तिमबाट दोस्रो स्थानमा रहेको छ ।

यसैगरी इस्पानियाललाई जिताउन राउल डे टोमस र निको मेलामेडले गोल गर्नुभयो । राउलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । मेलामेडले ६५औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । सो खेलमा राउल डे टोमस ‘म्यान अफ दी म्याच’ हुनुभयो । यस नतिजापछि इस्पानियोल नौल खेलबाट १२ अङ्क बनाएर ११औं स्थानमा उक्लिएको छ । पराजित काडिज सात अंक सहित १६औं स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?