logo
२०७८ कार्तिक ५ शुक्रवार



कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट

खेलकुद |


कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट


काठमाडाैं, असाेज २६ गते । अरबी मुलुक कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट भएको छ । जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ । युरोपेली क्षेत्रको छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले नर्थ मेसेडोनियालाई ४ – ० गाेल अन्तरले पराजित गरेर विश्वकपमा छनोट भएको हो । जर्मनी २० औं पटक विश्वकपमा छनोट भएको हो ।

जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एकरएक गोल गरे । समूह 'जे' मा जर्मनीको ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएको हो । 

जर्मनीले अहिलेसम्म चारवटा विश्वकप, तीनवटा युराेकप र एउटा कन्फेडेरेसन कप जितिसकेकाे छ । जर्मनीले सन् १९५४, ७४, ९० र २०१४ मा विश्वकप जितेकाे छ । यस्तै, १९७२,८० र ९६ मा युराेकप र २०१७ मा कन्फेडेरेसन कप जितिसकेकाे छ ।

फिफाकाे वरियतामा जर्मनी १३ औं स्थानमा छ । एक नम्बरमा बेल्जियम  छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?