logo
२०७८ मंसिर १५ बुधवार



फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पु-याउने र प्रजातन्त्रलाई कमजोर बनाउने

अन्तर्राष्ट्रिय |


फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पु-याउने र प्रजातन्त्रलाई कमजोर बनाउने


वासिङटन, असोज २० गते । फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु-याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिनुभएको छ ।

यस विषयमा सवै जानकारी भए तापनि कम्पनीका वरिष्ठ कर्मचारीहरुले मुनाफालाई प्राथमिकतामा राखेको उनले बताउनुभएको छ । फेसबुकका प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हवगनले कम्पनीका गोप्य कुराहरू चुहाएकी बताइएको छ । उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिनुभएको छ ।

यता फेसबुकले भने हवगनले आफूलाई ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्नो सुरक्षा गरेको छ । तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ । मङ्गलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा एकै ठाउँमा देखिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?