logo
२०८० चैत्र १६ शुक्रवार



जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने घोषणा

अन्तर्राष्ट्रिय |


जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने घोषणा


टोकियो, असोग १५ गते । जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्नुहुने भएको छ । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहनुभएकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गर्नुभएको हो । उहाँले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसक्नु भएको थियो । मिति भने तय भएको थिएन ।

झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चासमेत भएको थियो । उहाँले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउनु हुनेभएको छ । राजपरिवारका अन्य सदस्यको भन्दा उहाँको बिहे धेरै फरक हुने भएको छ ।

“राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृतिक कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।

जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उहाँले शाही उपाधि र सम्मान गुमाउनुहुने भएको छ । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उहाँहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?