logo
२०८० चैत्र १६ शुक्रवार

  आईसीसी विश्वकप क्रिकेट लिग-२  



प्रमुख खेलाडीकै प्रदर्शन निराशाजनक

खेलकुद |
क्रिकेट |


प्रमुख खेलाडीकै प्रदर्शन निराशाजनक


काठमाडौं, भदौ ३० गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलि हाल ओमान भ्रमणमा छ । लिग–२ को दुई खेलपछि नेपालले एकमा हार र एकमा जित हात पारेको छ । अपेक्षाकृत कमजोर प्रतिद्वन्दी अमेरिका विरुद्ध जितेको नेपालले ओमान विरुद्ध बिगत्को झैं फितलो प्रदर्शनलाई निरन्तरता दिएको छ ।
ब्याटिङ र बलिङमा परिपक्व र अनुभबी खेलाडीको प्रदर्शन कमजोर भएपछि नेपालले अपेक्षाकृत प्रभाब पार्न सकेको छैन् । प्रतियोगिता सुरु हुनु अघि नै मध्यक्रमका भरपर्दा एवम् अनुभबी ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी घाइते हुनु र खेलकै क्रममा अर्का प्रमुख बलर सन्दीप लामिछाने समेत घाइते हुनु नेपालका लागि चुनौती थपेको छ ।
पपूवा न्यूगिनी विरुद्धको दुबै खेलमा शीर्ष र मध्यक्रमका ब्याट्सम्यान सस्तोमै पेभेलियन फर्किदा रोहित पौडेल र सोमपाल कामी संकटमोचक बन्नुभयो । अमेरिका विरुद्ध ओपनर कुशल भुर्तेल र ओमान विरुद्ध अर्का ओपनर आशिफ शेषले उत्कृष्ट पारी खेल्दा नेपालको साख जोगियो । आफू संयमित पारी खेलिरहँदा कप्तान ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, कुशल मल्ल र सोमपाल कामी गरी एकपछि अर्को विकेटको पतन हुँदा ओपनर आशिफ शेषको अनुहारमा निराशा स्पष्ट देखिन्थ्यो ।
कप्तान ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, कुशल मल्लको ब्याटिङ चल्न सकेको छैन् । बलिङमा सोमपाल कामी र बिक्रम सोबले अपेक्षाकृत प्रदर्शन दिनुभएको छैन् ।

कप्तानको प्रदर्शन नै निराशाजनक
कप्तानको प्रदर्शन र ब्यवहार सधैं सदस्यलाई प्रेरित गरेको हुन्छ । तर कप्तान ज्ञानेन्द्र मल्ल लयमा नहुनु नेपालका लागि चिन्ताजनक विषय बनेको छ ।
कप्तान मल्लले नेपालका लागि हालसम्म १४ अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नुभएको छ । १४ पारीमा उहाँले हालसम्म ३११ रन बनाउनुभएको छ । जसमा एक अद्र्धशतक सामेल छ ।
कप्तानको जिम्मेवारी पाए यता उहाँले चार अन्तर्राष्ट्रिय एकदिबसीयमा ८९ रन बनाउनुभएको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनुहुने ज्ञानेन्द्रले आफ्नो अनुभब र परिपक्वता देखाउन पर्याप्त अबसर पाउनुभएको छ । तर सदुपयोग गर्न सक्नुभएको छैन् । गत् वर्ष ओमान विरुद्ध घरेल मैदानमा अद्र्धशतक लगाए पनि हार टार्न नसकेका कप्तान ज्ञानेन्द्र मल्ल त्यस यता ओमान भ्रमणको क्रममा पपूवा न्यूगिनी विरुद्ध ४५ रनको पारी खेल्दा लयमा आएको विश्वास गरिएको थियो । तर अमेरिका र ओमान विरुद्धको खेलमा १७ र १५ रनमा पेभेलियन फर्किदा प्रशंसक निराश हुन थालेका छन् ।


कौशलता हराएका कुशल
एक वर्षअघि अमेरिका विरुद्ध आफ्नो डेब्यु खेलमै अद्र्धशतक लगाउनुभएका राष्ट्रिय टोलिका सबैभन्दा कान्छो खेलाडी कुशल मल्ल त्यसयता दर्शकलाई निराश बनाउनुभएको छ । पछिल्लो चार खेलमा उहाँले ब्याटिङ गर्ने अबसर पाउनुभएको छ तर उहाँको चार खेलको ब्यक्तिगत् योगफल रहेको छ – १ १ १ ४ ।
अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चा बटुल्नुभएका कुशल मल्लको अन्तर्राष्ट्रिय एकदिबसीयमा ब्याट चल्न सकेको छैन् । सात अन्तर्राष्ट्रिय एकदिबसीयमा उहाँले छ पारी खेल्नुभएको छ । छ पारीमा उहाँले जम्मा ८५ रन बनाउनुभएको छ । यद्दपी बलिङमा उहाँले प्रभाब पार्नुभएको छ ।

सोमपालले लय गुमाए  
नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख बलर सोमपाल कामी एक पछि अर्को खेलमा विकेटविहीन हुनुपरेको छ । आवश्यक परेको बेला आफ्नो ब्याटिङ कौशलबाट नेपालको संकट टार्दै आउनुभएका सोमपाल भने बलिङको लय समात्न सक्नुभएको छैन् ।
ओमान भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टोलिमा सोमपालको प्रदर्शन प्रभावकारी नहुँदा त्यसको असर नेपालको जित हारमै परेको छ । नेपालले मङ्गलबार ओमानको सामना गर्दा सोमपालले सुरुको दुई ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै एक मैडन राख्दै मात्र पाँच रन खर्चिनुभयो । तर अर्को ओभरमा ओमान जतिन्दर सिंहले तीन चौका र तीन छक्का लगाउँदै ३० रन बटुलेपछि कप्तान ज्ञानेन्द्र मल्लले सोमपाललाई बिस्थापित गर्नुपर्यो ।
ओमानमा हालसम्म नेपालले चार अन्तर्राष्ट्रिय एकदिबसीय म्याच खेलेको छ । सोमपालले चार वटै खेलमा अबसर पाउनुभएको छ । अभ्यास स्वरुप पहिलो दुई एकदिबसीयको मैत्रीपूर्ण खेलमा नेपालले पपूवा न्यूगिनीको सामना गरेपछि लिग–२ को खेल सुरु भएको छ । पपूवा न्यूगिनी विरुद्धको दुबै खेलमा मात्र एक एक विकेट जोड्नुभएको सोमपालले अमेरिका विरुद्ध नौ ओभरमा ४४ रन खर्चेपनि विकेटविहीन हुनुपर्यो । अझ ओमान विरुद्ध त चार ओभरमा ३८ रन खर्चेपनि उहाँले विकेट हासिल गर्न सक्नुभएन ।
सोमपाल नेपालका अनुभबी अलराउन्डर हुनुहुन्छ । ओमान विरुद्धको खेलमा प्रमुख स्पिनर सन्दीप लामिछाने बलिङ नगर्ने अवस्थामा पुग्दा सोमपालले अझै परिपक्व भूमिका निर्वाह गर्नुपर्ने थियो । तर त्यसो हुन सकेन ।
नेपालले हालसम्म दश अन्तर्राष्ट्रिय एकदिबसीय खेल्दा सोमपालले दश वटै खेलमा अबसर पाउनुभएको छ । उहाँले दश खेलमा ५.२१ को इकोनोमीले हालसम्म ४४५ रन खर्चिदा १५ विकेट लिनुभएको छ ।
सन् २०१८ को अगष्ट एकमा नेदरल्याण्ड्स विरुद्धको आफ्नो डेब्यु खेलमै तीन विकेट लिएर सोमपालले चर्चा बटुल्नुभएको थियो । जनवरी २०१९ मा यूएई विरुद्ध पाँच विकेट लिएर आफ्नो अनुभब र परिपक्वता देखाए यता सोमपालको बलिङ प्रभाब बिस्तारै खस्किदै गएको छ । त्यस यताको पाँच खेलमा उहाँले तीन विकेट लिनुभएको छ भने कुनै पनि खेलमा आफ्नो बलिङ स्पेलको पूर्ण क्षमता पुरा गर्न सक्नुभएन ।
बलिङ अलराउन्डरको रुपमा टोलिमा स्थान सुनिश्चित गर्दै आउनुभएका सोमपालको प्रदर्शन बलिङ भन्दा ब्याटिङमा निखारिएको छ । उहाँले दश एकदिबसीय खेलमा ३१ को औसतले १८६ रन बनाउनुभएको छ । उहाँको ब्यक्तिगत् उच्च योगफल ६१ रन रहेको छ ।
नेपाली टोलि ब्यवस्थापनले बेञ्चका खेलाडीलाई उपयुक्त अबसर दिन सकेको छैन् । एक खेलमा असफल भएका खेलाडी अर्को खेलमा अबसर नपाउँदै फेरी पुरानै अनुहारले निरन्तरता पाउने गरेका छन् । शरद् भेषवाकरले अबसर पाउनुभएको छैन् । अलराउन्डर पवन सर्राफ पपूवान्यूगिनी विरुद्धको पहिलो खेलमा असफल हुँदा फेरी मौका पाउनुभएन । तीब्र गतिका बलर गुलशन झा डेब्युको पर्खाइमा हुनुहुन्छ ।
नेपालका लागि लिग–२ को अङ्क तालिकामा माथि उक्लिने उपयुक्त अबसर रहेको छ । अबसरलाई सदुपयोग गर्न खेलाडी मात्रैको प्रदर्शनले नभई कुशल रणनीति बनाउन समेत जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?