logo
२०८१ बैशाख ८ शनिवार



वार्षिक कार्ययोजना तयार गर्दै काठमाडौँ महानगर   

राष्ट्रिय |


वार्षिक कार्ययोजना तयार गर्दै काठमाडौँ महानगर   



काठमाडौँ, साउन १९ गते । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षका लागि यही साउन मसान्तभित्र वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । शहरी योजना आयोगमार्फत चालू आवका लागि नगरसभाबाट स्वीकृत वार्षिक नीति र यसका आधारमा पारित भएको बजेट तथा कार्यक्रमलाई कार्ययोजनाको ढाँचामा विभागलाई पठाइसकेको छ ।    
    
सबै विभागले साउन २१ गतेभित्र वार्षिक कार्ययोजना तयार पारेर फिर्ता पठाउनुपर्नेछ । जसमा मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदाका आधारमा निर्माण हुने कार्ययोजनामाथि विभागस्तरीय छलफल गरेपछि साउन मसान्तभित्र प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरूबीच कार्य सम्पादन सम्झौता हुनेछ । कामपामा हाल १३ वटा विभाग रहेको छ ।    
    
वार्षिक कार्ययोजना चालू आवका लागि मात्र सम्बन्धित हुँदैन । यसले आउँदो वर्षमा तर्जुमा गरिने कार्यक्रमलाई पनि सघाउ पु¥याउँछ । शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलेले भन्नुभयो । नगरसभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने कानूनी व्यवस्था छ । यसरी प्रत्यायोजित अधिकारको प्रयोग गरेर विभागले कार्यक्रम कार्यान्वयन गर्नुपर्नेछ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?