logo
२०८१ बैशाख ८ शनिवार



जोकोभिचलाई हराउँदै जर्मन जेभे्रब ओलम्पिक टेनिसको फाइनलमा पुगे

खेलकुद |


जोकोभिचलाई हराउँदै जर्मन जेभे्रब ओलम्पिक टेनिसको फाइनलमा पुगे
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । सर्बियाली नोभाक जोकोभिच ओलम्पिक पुरुष विधातर्फको सेमिफाइनलबाटै बाहिरिनुभएको छ । उहाँले जर्मनीका अलेक्जेण्डर जभ्रेबसँग सेमिफाइनलमा पराजित हुनुभयो । जोकोभिच एकैवर्षमा चार ग्रान्ड स्लाम र ओलम्पिक स्वर्ण जित्ने पहिलो टेनिस खेलाडीको कीर्तिमान बनाउने क्रममा सेमिफाइनलबाट बाहिरिनुभएको हो ।
जर्मनीका २४ वर्षीय जेभे्रेब पहिलो सेटमा १–६ ले पछि परे पनि दोस्रो र तेस्रो सेट जितेर ओलम्पिक पुरुषको फाइनलमा पुग्नुभएको छ । टोक्योस्थित एरिएके टेनिस पार्कमा सेमिफाइनल खेलाइएको हो । स्वर्ण पदकका लागि चौथो वरीयताका जेभ्रेबले आइतबार रुसका कारेन खाचानोभको सामना गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?