logo
२०८१ बैशाख ४ मंगलवार



सन् २०३२ को ओलम्पिक ब्रिसबैनले आयोजना गर्ने

खेलकुद |


सन् २०३२ को ओलम्पिक ब्रिसबैनले आयोजना गर्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । सन् २०३२ को ओलम्पिक र पारालम्पिक खेलकूद अष्ट्रेलियाको ब्रिसबैन शहरले आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि(आईओसी)ले ब्रिसबैन शहरले आयोजनाका लागि राखेको प्रस्ताब स्वीकृत गरेको हो ।
गत् जुन महिनामा ओलम्पिक कार्यकारी परिषद्को बैठकले अष्ट्रेलियाली शहरलाई अन्य प्रस्ताबहरुको अपेक्षा प्राथमिकता दिएको हो । अष्ट्रेलियाले तेस्रो पटक ओलम्पिक आयोजना गर्ने अबसर पाएको छ । यसअघि सन् १९५६ मा मेलर्बनले र सन् २००० मा सिड्नीले ओलम्पिक खेलकूद आयोजना गरेको थियो ।
आईओसीको स्वीकृतिपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट्ट मरिसनले ब्रिसबैन र क्विन्सलैण्ड मात्रैका लागि नभई सम्पूर्ण अष्ट्रेलियालीका लागि यो ऐतिहासिक दिन भएको प्रतिक्रिया दिनुभयो ।
आईओसीले आयोजनाको प्रस्ताब टोक्योमा स्वीकृत गर्दा ब्रिसबैनका टोलिले स्वागत गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?