logo
२०८० चैत्र १५ बिहीवार



पारा तेक्वान्दो खेलाडीलाइ लोकतान्त्रीक खेलकुदको सहयोग

खेलकुद |


पारा तेक्वान्दो खेलाडीलाइ लोकतान्त्रीक खेलकुदको सहयोग
तस्विर-राखेप


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २९ गते । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ । ‘फाईट अग्नेस्ट कोभिड’ भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार संघले सहयोग गरेको हो ।
पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई चार चार हजार रुपियाँसहित पौष्टिक आहारको प्याकेज एवम् स्वास्थ सामाग्री प्रदान गरेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग वितरण कार्यक्रममा वागमती प्रदेश अध्यक्ष दिपक गुरुङ्ग, उपाध्यक्ष तथा मुवाथाई खेलाडी एवम् प्रशिक्षक उमेश गुरुङ्ग, संघका सचिव एवम् काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री), संघका सदस्य तथा जावालखेल फुटबल क्लबका सदस्य राजु वोगटी लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?