logo
२०८० चैत्र १६ शुक्रवार



हेल्प नेपालको शीर्ष स्थान कायम

खेलकुद |


हेल्प नेपालको शीर्ष स्थान कायम



गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २४ गते । पाँचौँ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपअन्तर्गत पुरुष वर्गमा टिपटप हेल्प नेपालले सोमबार नेपाल पुलिस क्लबलाई हराएर आफ्नो शीर्ष स्थानमा यथावत् राखेको छ ।
हेल्प नेपालले चार खेलमा सबैमा जित हासिल गरी सर्वाधिक १२ अङ्क बनाएको छ । हेल्प नेपालले नेपाल पुलिस क्लबलाई सोझो सेटमा २५/२२, २५/१६, २५/२० ले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २५/१५, २५/१८, २८/२६ ले पराजित ग¥या् । यस नतिजासँगै आर्मी टिमले अङ्क तालिकामा एपीएफको बराबरी गरेको छ । यी दुवै टिम समान नौ अङ्कमा रहेका छन् । यसैगरी, चार खेलबाट नेपाल पुलिस र बुलबुलेले छ/छ अङ्क बनाएका छन् । मणिमुकुन्द र नयाँबजार अहिलेसम्म अङ्कविहीन छन् ।
महिला वर्गमा आर्मी क्लब र नेपाल पुलिस समान आठ अङ्कका साथ शीर्ष स्थानमा छन् । एपीएफसँग सोमबार १९/२५, २५/१०, २५/१७, २५/२२ ले हारेपछि पनि आर्मी क्लबको शीर्ष स्थान कायम छ । अर्को खेलमा भरतपुर मेट्रोले ढोरपाटन स्पोर्टस् क्लबलाई २५/२१, २५/१२, २५/१३ ले हराएर पहिलो जित निकाल्यो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?