logo
२०८० चैत्र १६ शुक्रवार



मेयर एघारद्वारा बागमतीसमक्ष २४५ रनको लक्ष्य प्रस्तुत

खेलकुद |


मेयर एघारद्वारा बागमतीसमक्ष २४५ रनको लक्ष्य प्रस्तुत
तस्विर–क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २३ गते । काठमाडौं मेयर ११ ले बागमती प्रदेशसमक्ष २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४३ रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गरेको मेयर ११ ले बागमतीसमक्ष औसत लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । मेयर एघारका लागि पुछारका ब्याट्सम्यानहरुले संयमित पारी खेल्नुभयो ।
मेयर कप क्रिकेट अन्तगर्तको चौथो खेलमा मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मेयर ११ ले ओपनरद्वय हरिशंकर साह र अर्जुन कुमाल तथा विपिन रावलको रुपमा ३६ रनमै तीन विकेट गुमाउन पुग्यो । सन्दीप रजाली ३३ रन, कृष्ण कार्की डक आउट र बिवेक यादब एक रन बनाएर पेभेलियन फर्किदा मेयर ११ ले ४३ रनमै पाँच महत्वपूर्ण विकेट गुमायो । तर कप्तान सिद्धान्त लोहनीले सौरभ खनालसँग छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरेर मेयर ११ को योगफल एक सय १४ रनसम्म लग्नुभयो । सिद्धान्त ३४ रन बनाएर पेभेलियन फर्किनुभयो । सौरभ खनाल ४९ रनमा अविजित रहँदा कप्तान सन्दीप लामिछानेले मात्र २० बलमा छ छक्कासहित ४२ रनको उत्कृष्ट पारी खेल्नुभयो । विपिन खत्रीले ३० बलमा ३२ रनको योगदान दिनुभयो ।
बागमतीका लागि नन्दन यादबले दश ओभरमा मात्र ४१ रन खर्चेर महत्वपूर्ण चार विकेट लिनुभयो । रामनरेश गिरी र अरियो पौडेलले सामान दुई दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिनुभयो । पहिलो खेलमा दुई रनले हार बेहोरेको बागमती दोस्रो खेलमा मेयर ११ को सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?