logo
२०८० चैत्र १६ शुक्रवार



पहिलो पारीमा अफगानिस्तान १३१ रनमा समेटियो

खेलकुद |


पहिलो पारीमा अफगानिस्तान १३१ रनमा समेटियो
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । जिम्बाबवे विरुद्धको पहिलो टेष्ट खेलको पहिलो पारीमा अफगानिस्तान १३१ रनको सामान्य योगफलमा समेटिएको छ । जवाबमा पहिलो दिन नै पहिलो पारीको सुरुवात गरेको जिम्बाबवेले समेत कमजोर सुरुवात गरेको छ ।
जिम्बाबवेले दिनको खेल जारी रहँदा दुई विकेटको क्षतिमा २६ रन जोडेको छ । सिन विलियम्सले चार तथा प्रिन्स मसभौरेले दश रन बनाएर अविजित हुनुहुन्छ । ओपनर केभिन कसुजा डक आउट हुनुभयो । तरिसै मुसकन्दाले सात रन बनाएर आमीर हाम्जाको बलमा बोल्ड हुन पुग्नुभयो । कसुजालाई यामीन अहमदजैले बोल्ड गर्नुभयो ।
त्यसअघि, यूएईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अफगानिस्तानले कमजोर सुरुवात गर्दै आठ रनमै दुई विकेट गुमाउन पुग्यो । ओपनर इब्राहिम जर्दनले ३१ रनको पारी खेलेर स्थिरता दिने प्रयास गरेपनि उहाँ लामो समयसम्म क्रिजमा टिक्न सक्नुभएन । विकेटकीपर ब्याट्सम्यान अफसर जजैले सबैभन्दा बढी ३७ रनको योगदान दिदा अफगानिस्तान झिनो योगफलमा समेटिनबाट जोगियो ।
जिम्बाबवेका लागि तीब्र गतिका बलर ब्लेसिंग मुजर्बानीले सर्वाधिक चार विकेट लिनुभयो । भिक्टर न्यौचीले तीन तथा डोनाल्ड ट्रिपानो, सिन विलियम्स र सिकन्दर राजाले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?