logo
२०८० चैत्र १६ शुक्रवार



जिरौडको ‘एक्रोब्याटिक’ गोलमा एटलेटिकोमाथि चेल्सीको जित

खेलकुद |


जिरौडको ‘एक्रोब्याटिक’ गोलमा एटलेटिकोमाथि चेल्सीको जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १२ गते । चेल्सीले एटलेटिको मड्रिडमाथि जित हात पारेको छ । च्याम्पियन्स लिग अन्तर्गतकाे अन्तिम १६ को पहिलो लेगमा चेल्सीले एटलेटिको मड्रिडमाथि १–० को जित हात पारेको हो ।
ओलिभर जिरौडले ६८ औं मिनेटमा गर्नुभएको गोल नै चेल्सीको एटलेटिको मड्रिडमाथि जितका लागि पर्याप्त हुन गयो । सुरुमा जिरौडले प्रहार गर्दा अफसाइड भएको करार दिइयो । तर भिडियो रिभ्युले जिरौडको एक्रोब्याटिक प्रहारले प्रतिफल दियो ।
प्रशिक्षकको रुपमा थोमस टुचेलको आगमनपछि चेल्सीको यो लगातार आठौं जित हो । टुचेलले फ्रयाङ्क लाम्पार्डलाई बिस्थापित गर्नुभएको थियो । ओलिभर जिरौड भने चेल्सीको जादुमयी खेलाडीको रुपमा उदय हुनुभएको छ । चेल्सीले समूहगत् चरणमा गरेको चारवटै गोल जिरौडले गर्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?