logo
२०८१ बैशाख ११ मंगलवार



‘द् हण्ड्रेड’मा सन्दीप आबद्ध ओभल उद्घाटन खेलमा म्यान्चेष्टरको सामना गर्ने

खेलकुद |


‘द् हण्ड्रेड’मा सन्दीप आबद्ध ओभल उद्घाटन खेलमा म्यान्चेष्टरको सामना गर्ने
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ११ गते । इंग्ल्याण्ड क्रिकेट बोर्ड(इसीबी)ले सुरु गर्न लागेको ‘द हण्ड्रेड’ क्रिकेट लिगको उद्घाटन खेल जुलाइ २२ मा हुने तय भएको छ । उद्घाटन खेलमा ओभल इन्भिसिबलले म्यान्चेष्टर ओरिजिनलको सामना गर्नेछ । द हण्ड्रेडमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने ओभल इन्भिसिबल फ्रेञ्चाइजमा आबद्ध हुनुहन्छ ।
सन्दीप आबद्ध ओभल इन्भिसिबलमा अलराउन्डर साम कर्रन, जैसन रोय, साम बिलिंग्स, एलेक्स ब्लैक, रोरी बनर्स, टम कर्रन, लौरी इभान्स, विल ज्याक्स, सुनिल नारैन, नाथन साटर र रीस टप्ले हुनुहुन्छ ।
प्रतियोगितामा कुल आठ टोलि सहभागी हुनेछ । ओभल इन्भिसिबल, म्यान्चेष्टर ओरिजिनल, नर्थन सुपरचार्जेज, ट्रेन्ट रकेट्स, बिर्मिघंम फोनिक्स, लण्डन स्पिरिट, साउर्थन ब्रेभ र वेल्स फायर गरी आठ टोलिले द हण्ड्रेडमा स्पर्धा गर्नेछ ।
द हण्ड्रेडले जारी गरेको खेल तालिका बमोजिम जुलाइ २१ मा महिला टोलिको उद्घाटन खेल हुनेछ । पहिलो खेल ओभल इन्भिसिबल र म्यान्चेष्टर ओरिजिनलबीच ओभल क्रिकेट ग्राउन्डमा खेलाइनेछ । उक्त खेल महिला टोलिको हुनेछ । प्रतियोगिता सुरु भएको दोस्रो दिनमा ओभल इन्भिसिबल र म्यान्चेष्टर ओरिजिनलको पुरुष टोलि स्पर्धा गर्नेछ ।
द हण्ड्रेड क्रिकेट लिगको प्रत्येक खेल एक सय बलको हुनेछ । जसमा लिग चरणमा प्रत्येक टोलिले आठ खेल खेल्नेछ । प्रतियोगिता अबधि भरि कुल ३५ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अगष्ट २१ मा खेलाइनेछ ।
द हण्ड्रेडको पहिलो संस्करण सन् २०२० मै हुने भनिएपनि कोभिड १९ को कारणले स्थगित हुन पुगेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?