logo
२०८० चैत्र १६ शुक्रवार



उपुल थरङ्गाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

खेलकुद |


उपुल थरङ्गाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
तस्विर साभार–उपुल थरङ्गाको फेसबुक वाल


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ११ गते । श्रीलङ्काली ब्याट्सम्यान उपुल थरङ्गाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा १५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो ।
२ अगष्ट, २००५ मा वेष्टइन्डिज विरुद्धको अन्तर्राष्ट्रिय एकदिबसीय खेलबाट विश्व क्रिकेटमा पदापर्ण गर्नुभएका उपुल थरङ्गाले लगत्तै टेष्ट टोलिमा समेत स्थान पाउनुभयो । २३५ अन्तर्राष्ट्रिय एकदिबसीयमा श्रीलङ्काको प्रतिनिधित्व गर्नुभएको उहाँले १५ शतक र ३७ अद्र्धशतकको सहयोगमा ३३.७४ को औसतमा छ हजार ९५१ रन बनाउनुभएको छ । टेष्ट क्रिकेटको ३१ खेलको ५८ पारीमा उहाँले तीन शतक र आठ अद्र्धशतकसहित एक हजार ७५४ रन बनाउनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीको २६ खेलमा उहाँले ४०७ रन बनाउनुभएको छ ।
पछिल्लो पटक उहाँ एभरेष्ट प्रिमियर लिग खेल्न ललितपुर पेट्रिएटमा अनुबन्धन हुनुभएको थियो । कोभिड १९ को कारणले प्रिमियर लिग स्थगित हुन पुग्दा उहाँले नेपाल भ्रमण गर्न सक्नुभएन ।
३६ वर्षीय उपुल थरङ्गाको अन्तर्राष्ट्रिय एकदिबसीयमा १७४ रन सर्वाधिक ब्यक्तिगत् योगफल हो । पछिल्लो पटक उहाँले सन् २०१९ को मार्च महिनामा दक्षिण अफ्रिका विरुद्धको खेलमा श्रीलङ्काको प्रतिनिधित्व गर्नुभएको थियो । दक्षिण अफ्रिकाले ४१ रनले जितेको उक्त खेलमा उहाँले मात्र २ रन जोड्न सक्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?