logo
२०८१ बैशाख ७ शुक्रवार



लासिथ मलिंगा ‘आउट’, दसुन सनाका कप्तान नियुक्त

खेलकुद |


लासिथ मलिंगा ‘आउट’, दसुन सनाका कप्तान नियुक्त
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ११ गते । श्रीलङ्का क्रिकेट बोर्डले दसुन सनाकालाई टी ट्वान्टी अन्तर्राष्ट्रियको कप्तान नियुक्त गरेको छ । उहाँले लासिथ मलिंगालाई बिस्थापित गर्नुभएको छ ।
लामो समयसम्म राष्ट्रिय टोलिको प्रशिक्षणमा सहभागी नभएपछि लासिथ मलिंगाको स्थानमा दसुन सनाका कप्तानमा नियुक्त हुनुभएको हो । सनाकाले यसअघि सन् २०१९ मा पाकिस्तान विरुद्धको टी ट्वान्टी श्रृखंलामा श्रीलङ्काको नेतृत्व गर्नुभएको थियो । उक्त श्रृखंला श्रीलङ्काले ३–० ले जितेको थियो ।
कप्तानको जिम्मेवारीमा सनाकाले मार्च ३ मा सुरु हुने वेष्टइन्डिज विरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंलामा श्रीलङ्काको नेतृत्व गर्नुहुनेछ । श्रृखंलाका लागि श्रीलङ्काले २० सदस्यीय टोलिको घोषणा गरेको छ । ओपनर पथुम निस्साङ्का र मध्यक्रमका ब्याट्सम्यान अशेन बन्दरा पहिलो पटक राष्ट्रिय टोलिमा स्थान बनाउनुभएको छ ।
२० वर्षीय तीब्र गतिका बलर दिलशान मधुशङ्का समेत टोलिमा पहिलो पटक स्थान बनाउनुभएको छ । अलराउन्डर धनञ्जय लक्षणलाई भने बेवास्ता गरिएको छ । स्पिनर अकिला धनञ्जयले पुनरागमन गर्नुभएको छ ।
तीब्र गतिको बलिङ्गमा लहिरु कुमाराले भने वेष्टइन्डिज विरुद्धको श्रृखंला गुमाउने हुने भएको छ । कोभिड १९ बाट सङ्क्रमित भएपछि उहाँले टोलिमा स्थान बनाउन सक्नुभएन ।
दिमुथ करुणारत्नेलाई अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा कप्तानको जिम्मेवारी दिइएको छ । टोलिका अन्य सदस्यहरुमा दनुष्का गुणाथिलाका, ओशादा फर्नान्डो, दिनेश चन्डीमाल, एञ्जेलो म्याथ्युज, निरोशन डिकवेला, थिसारा परेरा, कमीण्डु मेन्डिस, वनिण्डु हसरङ्गा रहनुभएको छ । त्यसैगरी, नुवान प्रदीप, अशिथा फर्नान्डो, दुशमन्थ चमीरा, लक्ष्ण सन्दाकन, सुरङ्गा लकमले स्थान बनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?