logo
२०८० चैत्र १५ बिहीवार



प्रधानमन्त्री कप क्रिकेटमा सेमीफाइनलको समीकरण पुरा

खेलकुद |


प्रधानमन्त्री कप क्रिकेटमा सेमीफाइनलको समीकरण पुरा
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १२ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलको समीकरण पुरा भएको छ । लिग अन्तगर्त समूह ए को अन्तिम खेलमा सशस्त्र प्रहरी बल(एपीएफ)ले त्रिभुवन आर्मीलाई छ रनले हराएपछि सेमीफाइनलको समीकरण पुरा भएको छ ।
समूह ए बाट एपीएफ विजेता बनेको छ । एपीएफले लिग चरणको तीनवटा खेल जितेर सेमीफाइनलको लागि स्थान यसअघि नै सुनिश्चित गरेको थियो । अन्तिम खेलमा समेत जित हासिल गरेको एपीएफले आठ अङ्क बटुलेर समूह विजेता बनेको हो । लिग चरणमा चार वटै खेल जित्ने एपीएफ पहिलो र एक मात्र टोलि हो । उसको आठ अङ्क छ ।
त्रिभुवन आर्मीले भने चारमध्ये तीन खेलमा जित हात पारेको हो । आर्मीले अन्तिम खेलमा एपीएफसँग हार बेहोर्दा छ अङ्कमा सीमित रहन गयो । ऊ समूह ए को उपविजेता बनेको हो । बाँकीको तीन टोलि कर्णाली, प्रदेश १ र गण्डकीले एक एक खेल जित्यो ।
एपीएफले सेमीफाइनलमा समूह बी को उपविजेता नेपाल पुलिसको सामना गर्नेछ । त्यसैगरी, समूह बी को विजेता बागमती प्रदेशले समूह ए को उपविजेता त्रिभुवन आर्मीको सामना गर्नेछ । बागमतीले चार मध्ये तीन खेल जितेको छ । अन्तिम खेलमा उसले लुम्बिनिसँग टाई गरेपनि समूह बी को विजेता बन्न सफल भयो । नेपाल पुलिसले भने चारमध्ये तीन खेलमा जित र एउटामा हार बेहोरेर छ अङ्कसहित समूह बी को उपविजेता बन्यो ।
समूह बी मा लुम्बिनिले चारमध्ये दुईमा जित, एउटामा हार र अन्तिम खेल टाइ गरेर पाँच अङ्क बटुलेको थियो । सुदूरपश्चिम प्रदेश भने चारमध्ये एकमा जित र तीन खेलमा हार बेहोरेर समूह बी को चौथो स्थानमा रह्यो । प्रदेश २ भने चारमध्ये चारवटै खेलमा हार बेहोरेर पाँचौं स्थानमा उचित्त बुझाउनुपर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?