logo
२०८० चैत्र १६ शुक्रवार



एपीएफको प्रदेश १ माथि १३५ रनको फराकिलो अन्तरको जित

खेलकुद |


एपीएफको प्रदेश १ माथि १३५ रनको फराकिलो अन्तरको जित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सशस्त्र प्रहरी बल(एपीएफ)ले प्रदेश १ लाई १३५ रनको विशाल अन्तरले हराएको छ । एपीएफले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याउँदै प्रदेश १ एकसय आठ रनको झिनो योगफलमा समेटिन पुग्यो ।
औसत लक्ष्य पछ्याउने क्रममा ५३ रनमा मात्र दुई विकेट गुमाएको प्रदेश १ ले ७६ रनसम्म पुग्दा थप छ विकेट गुमायो । ओपनर दिपक पासवानले १३ तथा मिनास थापाले १८ रनको योगदान दिए । फिरदोष अन्सारीले १७ रन बनाउनुभयो ।
एपीएफका लागि अविनाश बोहराले सर्वाधिक पाँच विकेट लिनुभयो । उहाँले एकै ओभरमा तीन विकेट लिँदा प्रदेश १ ७६ रनमै आठ विकेट गुमाउन बाध्य भयो । बसन्त रेग्मीले दुई तथा किशोर महतो र कप्तान शरद भेषवाकरले सामान एक एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको एपीएफले पु समक्ष २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनर आशिफ शेषले अद्र्धशतकीय पारी खेलेपछि एपीएफ औसत योगफलसम्म पुग्न सफल भएको हो ।
त्रिवि क्रिकेट ग्राउन्ड कीर्तिपुरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको एपीएफले ४८.४ ओभरमा २४३ रनको औसत योगफल तयार गर्यो । ओपनरद्वय आशिफ शेष र सुभाष खकुरेलले पहिलो विकेटका लागि ७१ रनको साझोरी गरे । शेष मात्र ३२ बलमा छ चौका र पाँच छक्काको सहयोगमा ५९ रन जोडेर पेभेलियन फर्किनुभयो । अर्का ओपनर सुभाषले ४१ बलमा १९ रनको पारी खेल्नुभयो । मध्यक्रममा कप्तान समेत रहनुभएका शरद भेषवकारले २० रनको पारी खेलेर स्थिरता दिने प्रयास गरेपनि प्रदीप ऐरी र सुभाष महर्जन सस्तोमै पेभेलियन फर्केपछि १२६ रनसम्म पुग्दा एपीएफले पाँच विकेट गुमाउन पुग्यो । पूछारमा बसन्त रेग्मीले ४० र सन्दीप जोराले ३० रनको पारी खेलेर टोलिको योगफल १९९ रनसम्म पुर्याए । किशोर महतो पेभेलियन फर्किनुअघि १९ रनको पारी खेलेर टोलिको योगफल २४३ रनसम्म पुर्याउनुभयो ।
प्रदेश १ का लागि सरवन यादब, दिपेश कँडेल, हेमन्त राई र फिरदोस अन्सारीले सामान दुई दुई विकेट लिँदा जोसक खडका र सोनु मण्डलले एक एक विकेट बाँडे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?