logo
२०८१ बैशाख १३ बिहीवार



एपीएफद्वारा प्रदेश १ समक्ष २४४ रनको लक्ष्य प्रस्तुत

खेलकुद |


एपीएफद्वारा प्रदेश १ समक्ष २४४ रनको लक्ष्य प्रस्तुत
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सशस्त्र प्रहरी बल(एपीएफ)ले प्रदेश १ समक्ष २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनर आशिफ शेषले अद्र्धशतकीय पारी खेलेपछि एपीएफ औसत योगफलसम्म पुग्न सफल भएको हो ।
त्रिवि क्रिकेट ग्राउन्ड कीर्तिपुरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको एपीएफले उत्कृष्ट सुरुवात गर्यो । ओपनरद्वय आशिफ शेष र सुभाष खकुरेलले पहिलो विकेटका लागि ७१ रनको साझोरी गरे । शेष मात्र ३२ बलमा छ चौका र पाँच छक्काको सहयोगमा ५९ रन जोडेर पेभेलियन फर्किनुभयो । अर्का ओपनर सुभाषले ४१ बलमा १९ रनको पारी खेल्नुभयो । मध्यक्रममा कप्तान समेत रहनुभएका शरद भेषवकारले २० रनको पारी खेलेर स्थिरता दिने प्रयास गरेपनि प्रदीप ऐरी र सुभाष महर्जन सस्तोमै पेभेलियन फर्केपछि १२६ रनसम्म पुग्दा एपीएफले पाँच विकेट गुमाउन पुग्यो । पूछारमा बसन्त रेग्मीले ४० र सन्दीप जोराले ३० रनको पारी खेलेर टोलिको योगफल १९९ रनसम्म पुर्याए । किशोर महतो पेभेलियन फर्किनुअघि १९ रनको पारी खेलेर टोलिको योगफल २४३ रनसम्म पुर्याउनुभयो ।
प्रदेश १ का लागि सरवन यादब, दिपेश कँडेल, हेमन्त राई र फिरदोस अन्सारीले सामान दुई दुई विकेट लिँदा जोसक खडका र सोनु मण्डलले एक एक विकेट बाँडे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?