logo
२०८१ बैशाख ८ शनिवार



रियलका प्रशिक्षक जिनेदिन जिदान आइसोलेशनमा

खेलकुद |


रियलका प्रशिक्षक जिनेदिन जिदान आइसोलेशनमा
तस्विर-एपी


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २४ गते । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान सेल्फ आइसोलेशनमा बस्नुभएको छ । रियलले भने उहाँबारे कुनै प्रतिक्रिया दिएको छैन ।
स्पेनिस ला लिगामा शनिबार रियल मड्रिडले ओसासुनको सामना गर्दैछ । तर प्रशिक्षण सत्रमा जिदान अनुपस्थित रहनुभएको स्पेनिस पत्रिका एबीसी न्यूजले उल्लेख गरेको छ । सङ्क्रमितको सम्पर्कमा आएपछि बिहीबार नै जिदानको कोभिड १९ परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आइसकेको छैन ।
जिदान प्रशिक्षणमा फर्किनुअघि कम्तीमा तीन दिन आइसोलेशनमा बसेर कोभिड १९ को परीक्षण गराउनुपर्ने हुन्छ । ला लिगाको स्वास्थ्य प्रोटोकल बमोजिम उक्त रिपोर्ट निगेटिभ आएपछि मात्रै जिदान प्रशिक्षणमा सहभागी हुन पाउनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?