logo
२०७७ माघ ५ सोमवार

भारतविरुद्ध पहिलो पारीमा अष्ट्रेलियाले ३३८ रन बनायो

खेलकुद |


2021-01-08-29836
तस्विर-आईसीसी


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २४ गते । अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा ३३८ रनको औसत योगफल तयार गरेको छ । मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले शतकीय पारी खेलेपछि उसले औसत योगफल तयार गर्न सफल भएको हो ।
दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अष्ट्रेलियाले थप १७२ रन जोड्दै पहिलो पारीमा ३३८ रनमा समेटिन पुग्यो । अष्ट्रेलियाको पारीमा मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले सर्वाधिक १३१ रन बनाउनुभयो । उहाँले टेष्ट क्रिकेटमा आफ्नो २७ औं शतक पूरा गर्नुभयो । भारतीय अलराउण्डर रबिन्दर जडेजाले स्मिथलाई रन आउट गर्नुभयो ।
ओपनर देविड वार्नर पाँच रनकै ब्यक्तिगत् योगफलमा पेभेलियन फर्केपनि अर्का ओपनर विल पुकोस्कीले ६२ रनको योगदान दिनुभयो । मार्नस लबुस्नेले ९१ रनको पारी खेलेर अष्ट्रेलियालाई औसत योगफल तयार गर्न सघाउनुभयो ।
भारतका लागि रबिन्दर जडेजाले सर्वाधिक चार विकेट लिनुभयो । जसप्रित बुमराह र नवदीप सैनीले सामान दुई दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।
शुक्रबार नै आफ्नो पहिलो पारीको सुरुवात गरेको भारतले सम्हालिएको सुरुवात गरेको छ । उसले दोस्रो दिनको खेल जारी रहँदा बिना कुनै क्षतिमा २६ रन जोडेको छ । रोहित शर्माले ११ तथा शुभमन गिलले १४ रन बनाएर ब्याटिंग गर्दैछन् । पहिलो पारीमा भारत अझै ३१२ रनले पछाडि रहेको छ । सिड्नीमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिंग गर्ने निर्णय गरेको थियो ।
चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?