logo
२०८१ बैशाख १३ बिहीवार



फितलो ब्याटिंगले होबर्टको लगातार दोस्रो हार

खेलकुद |


फितलो ब्याटिंगले होबर्टको लगातार दोस्रो हार
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २३ गते । होबर्ट हुरिकेन्सका ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न नसकेपछि लगातार दोस्रो खेलमा हार बेहोरेको छ । सिड्नी थन्डरले प्रस्तुत गरेको १६८ रनको औसत लक्ष्य होबर्टले पाउन सकेन ।
लक्ष्य पछ्याउने क्रममा होबर्टले पुरै २० ओभर खेलेपनि आठ विकेटको क्षतिमा मात्र १२८ रन जोड्न सक्यो । उसले ३९ रनको हार बेहोर्यो । उसको पारीमा कप्तान पिटर हयाण्ड्सकम्बले बनाउनुभएको ३० रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । ओपनर बेन म्याकडरमेटले २२, देविड मलानले २० तथा डी आर्सी शटले १९ रनको योगदान दिए ।
होबर्टलाई सस्तोमै समेटन तनवीर साँगा, क्रिस ग्रीन र नाथन म्याकएन्ड्रयुले सामान दुई दुई तथा अर्जून नैर र एडम मिल्नेले सामान एक एक विकेट लिए ।
यसअघि पर्थमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको सिड्नीले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गर्यो । उसले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा १६७ रनको औसत योगफल तयार गर्यो ।
उसको पारीमा उसमान खवाजाले सर्वाधिक ४९ तथा एलेक्स रोसले ४४ रनको योगदान दिए । कप्तान क्यालम फरगुसनलाई एक रनमै पेभेलियन फर्काएर उत्कृष्ट बलिंग गर्नुभएका नेपाली लेग स्पिनर सन्दीपले चार ओभरको स्पेलमा मात्र २३ रन खर्चिनुभयो । डी आर्सी शटले चार ओभरमा २६ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?