logo
२०८१ बैशाख ७ शुक्रवार



इंग्ल्याण्ड क्रिकेट टोलिका सबै सदस्यको कोरोना रिपोर्ट निगेटिभ

खेलकुद |


इंग्ल्याण्ड क्रिकेट टोलिका सबै सदस्यको कोरोना रिपोर्ट निगेटिभ
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । श्रीलङ्का भ्रमणमा रहेको इंग्ल्याण्ड क्रिकेट टोलिका सदस्यहरुको कोरोना रिपोर्ट निगेटिभ आएको छ । अलराउन्डर मोइन अलिमा सोमबार कोरोना सङ्क्रमणको पुष्टि भएपछि सबै सदस्यहरुको पुर्नपरीक्षण गरिएको थियो ।
हयाम्बनटोटामा रहेको इंग्ल्याण्ड क्रिकेट टोलिका सबै सदस्यको पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट निगेटिभ आएको हो । सोमबारको परीक्षणमा मोइन अलिमा सङ्क्रमणको पुष्टि भएपछि बुधबारदेखि इंग्ल्याण्डले सुरु गर्ने प्रशिक्षण कार्यक्रममाथि प्रतिबन्ध लगाइएको थियो । अब भने इंग्ल्याण्डले प्रशिक्षण सुचारु गर्न पाउनेछ । यद्दपी बिहीबार तेस्रो परीक्षण गरिनेछ ।
मोइन अलि भने दश दिने आइसोलेशनमा अनिवार्य बस्नुपर्नेछ । क्रिस वक्स समेत अलग्गिएका छन् । इंग्ल्याण्डले श्रीलङ्काका लागि प्रस्थान गर्नुअघि विमानस्थलसम्म मोइन अलिसँगै क्रिस वक्स एउटै कारमा बस्नुभएको थियो । इंग्ल्याण्ड टोलि श्रीलङ्का पुगेपछि गरिएको पहिलो परीक्षणमा अलिमा सङ्क्रमणको पुष्टि भएको थियो ।
इंग्ल्याण्डले दुई म्याचको टेष्ट श्रृखंला अन्तगर्तको पहिलो टेष्ट खेल जनवरी १४ मा खेल्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?