logo
२०८१ बैशाख ८ शनिवार



न्युजिल्याण्ड एक पारी र १७६ रनले विजयी

खेलकुद |


न्युजिल्याण्ड एक पारी र १७६ रनले विजयी
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । न्युजिल्याण्डले पाकिस्तान विरुद्धको दुई खेलको टेष्ट श्रृखंला २–० ले जितेको छ । दोस्रो तथा अन्तिम टेष्ट खेल एक पारी र १७६ रनले हराउँदै दुई म्याचको श्रृखंला २–० ले क्लिन स्वीप गरेको छ ।
टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पाकिस्तानले आफ्नो पहिलो पारीमा २९७ रनको योगफल तयार गरेको थियो । उसको पारीमा अजहर अलिले सर्वाधिक ९३ रनको योगदान दिनुभयो । कप्तान मोहम्मद रिजवानले ६१ तथा फहिम अशरफले ४८ रनको पारी खेल्नुभयो । न्युजिल्याण्डका लागि कायल जमीन्सनले सर्वाधिक पाँच तथा टिम साउदी र ट्रेन्ट बौल्टले सामान दुई दुई र म्याट्ट हेनरीले एक विकेट लिए ।
जवाबमा न्युजिल्याण्डले केन विलियम्सनको दोहोरा शतक तथा हेनरी निकोलास र डेरिल मिसेलको शतकको सहयोगमा छ विकेटको क्षतिमा ६५९ रनको योगफलमा पारी घोषणा गर्यो । पाकिस्तानका लागि शाहीन अफ्रिदी, मोहम्मद अब्बास र फहिम अशरफले सामान दुई दुई विकेट लिए ।
पहिलो पारीमा तीन सय ६२ रनले पछाडि परेको पाकिस्तानले दोस्रो पारीमा मात्र १८६ रन जोड्न सकेपछि न्युजिल्याण्डले दोस्रो पारी खेल्न नपाउँदै १७६ रनको जित हात पार्यो । कायल जमीन्सन प्लेयर अफ द् म्याच तथा केन विलियम्सन प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?