logo
२०८० चैत्र १६ शुक्रवार



आँबुखैरेनीमा बस दुर्घटनामा ११ जना घाइते

खुला |


आँबुखैरेनीमा बस दुर्घटनामा ११ जना घाइते


अमररराज नहर्की
तनहुँ, मङ्सिर ११ गते । पृथ्वी राजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–३ खहरेमा बिहीबार दिउँसो ११ः५५ बजे यात्रु बस दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् ।
पोखराबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस दुर्घटना परेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनालाई आँबुखैरेनीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि अन्यन्त्र पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो ।
रानाभाट अनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ की ३० वर्षीया निरुता पराजुलीलाई पोखरा मेडिकल कलेज, पर्वत जिल्ला घर हुने वर्ष ३० कै दीक्षा सुनार र म्याग्दी जिल्लाको बेनी घर हुने वर्ष २० की दिनु सुनारलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?