logo
२०८१ बैशाख ८ शनिवार



राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

खेलकुद |


राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ११ गते । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । कोभिड महामारीले करीब दश महिनादेखि अवरुद्ध बन्न पुगेको क्रिकेट पुनः लयमा फर्किन लागेको हो ।
बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएपछि तीनैजना आइसोलेशनमा छन् । प्रशिक्षणमा थप पाँच खेलाडी समावेश गरिएका छन् ।
अनिलकुमार साह, विक्रम सोब, कुशल भुर्तेल, रित गौम र लोकेश बमलाई बोलाइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा कोभिडविरुद्ध विशेष सतर्कता अपनाएर खेलाडीहरुले बन्द प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षकको पदपूर्तिमा ढिलाइ हुँदा जगतबहादुर टमाटाले नै बन्द प्रशिक्षणमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।
प्रशिक्षणमा पूर्ब कप्तान पारस खडकासहित २२ जना खेलाडी सहभागी छन् । त्यसैगरी, शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी र ललित नारायण राजवंशी सहभागी छन् । मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी र सन्दीप जोरा छन् । किशोर महतो र भुवन कार्की समेत बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?