logo
२०८१ बैशाख ८ शनिवार



राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुँदै

खेलकुद |


राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुँदै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ६ गते । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीको सूची सार्वजनिक गरेको छ ।
क्यानले बन्द प्रशिक्षणका लागि छनोट गरेको खेलाडीहरुलाई मंसिर ८ गतेसम्म सम्पर्क गर्न आग्रह गरेको छ । क्यानका अनुसार ८ गते बन्द प्रशिक्षणका खेलाडीहरुको स्वाब सङ्कलन गरिनेछ । रिपोर्ट बमोजिम मंसिर १० गतेदेखि खेलाडीहरुको बन्द प्रशिक्षण सुरु हुने छ । क्यानका कार्यालय सचिब उदय प्रकाश शाहले कोरोना रिपोर्ट निगेटिभ आउने खेलाडी मात्रै बन्द प्रशिक्षणमा सहभागी हुन पाउनेछन् ।
ज्ञानेन्द्र मल्ल नियमित कप्तान रहीरहनुहुनेछ । उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ । बन्द प्रशिक्षणका लागि सन्दीप लामिछाने, पारस खडका, शरद भेषावकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी र ललित नारायण राजवंशी छनोट हुनुभएको छ ।
त्यसैगरी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी र सन्दीप जोरा छन् । किशोर महतो र भुवन कार्की समेत बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।
राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको पदपूर्ति प्रकृया जारी रहेकोले बन्द प्रशिक्षणमा जगत बहादुर टमाटाले नै प्रशिक्षकको भूमिकामा रहनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?