logo
२०८१ बैशाख १३ बिहीवार



रफेल नाडल एटीपी फाइनल्सको अन्तिम चारमा पुग्यो

खेलकुद |


रफेल नाडल एटीपी फाइनल्सको अन्तिम चारमा पुग्यो
तस्विर-इपीए


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ५ गते । रफेल नाडल एटीपी फाइनल्सको अन्तिम चारमा स्थान सुनिश्चित गर्नुभएको छ । सन् २०१९ का एटीपी विजेता स्टिफानस सिटसिपासलाई तीन सेटमा हराउँदै उहाँले सेमीफाइनलमा प्रवेश गर्नुभएको हो ।
२० पटक ग्रान्ड स्लाम जित्नुभएका नाडलले सेमीफाइनलमा रुसी डेनिल मेदभेडेभको सामना गर्नुहुनेछ । सेमीफाइनल खेल लण्डनको ओ२ एरेनामा शनिबार खेलाइनेछ । विश्व वरियताको दोस्रो स्थानका स्पेनिस नाडलले ग्रीसका सिटसिपासलाई ६–४, ४–६ र ६–२ ले हराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?