logo
२०८० चैत्र १६ शुक्रवार



अश्वेत नागरिकको हत्या विरुद्धको अभियानमा क्रिकेटरको ऐक्यबद्धता

खेलकुद |


अश्वेत नागरिकको हत्या विरुद्धको अभियानमा क्रिकेटरको ऐक्यबद्धता
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १० गते । मुम्बई इन्डियन्सका अलराउण्डर हार्दिक पाण्ड्याले अश्वेत नागरिकको हत्या विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको छ । इन्डियन प्रिमियर लिगमा पहिलो पटक कुनै खेलाडीले अश्वेत नागरिकको हत्या विरुद्धको अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।
राजस्थान रोयल विरुद्धको खेलमा अद्र्धशतक पुरा गरेपछि पाण्ड्याले मुम्बई इन्डियन्सको ‘डगआउट’ तर्फ दाहिने मुटठी कसेको हात उठाएर इशारा गर्नुभएको थियो । कप्तान क्यारन पोलार्डले उहाँको ऐक्यबद्धतामा प्रतिक्रिया जनाउँदै मुठी कसेको हात उचाल्नुभयो ।
पाण्ड्याले उक्त खेलमा मात्र २१ बलमा ६० रन बनाएर अविजित रहनुभयो । खेल समाप्त भएपछि पाण्ड्याले आफ्नो उक्त आसन सामाजिक सञ्जाल इन्स्टाग्राममा साझा गर्नुभयो । यसअघि गत् अगष्ट महिनामा इंग्ल्याण्ड भ्रमणमा रहेको वेष्टइन्डिज टोलि र म्याच अधिकारीहरुले दुई देशबीचको श्रृखंलामा संयुक्त रुपमा अश्वेत नागरिकको गैरन्यायिक हत्याको विरुद्धको अभियानप्रति ऐक्यबद्धता जनाउँदा क्रिकेट जगत पहिलोपटक अभियानमा जुडेको हो ।
अमेरिकामा गत् जुलाइ महिनामा अश्वेत नागरिक जर्ज फ्लोयडको गैरन्यायिक हत्यापछि खेलाडीहरु समेत उक्त अभियानमा ऐक्यबद्धता जनाउन सुरु गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?