logo
२०८१ बैशाख ८ शनिवार



म्यान्चेष्टर यूनाइटेड गोलरहित बराबरीमा रोकियो

खेलकुद |


म्यान्चेष्टर यूनाइटेड गोलरहित बराबरीमा रोकियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । म्यान्चेष्टर यूनाइटेडले चेल्सीसँग गोलरहित बराबरी खेलेको छ । प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा म्यान्चेष्टर यूनाइटेडलाई चेल्सीले गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।
चेल्सीका व्यवस्थापक फ्रान्क लाम्पार्डले भने पहिलो हाफमा यूनाइटेडले गरेको फौलमा पेनाल्टी नदिएको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो । ‘रिभ्यु’ले पेनाल्टीको स्थान रहेको देखाएपनि रेफ्रीले यूनाइटेडलाई सजाय दिन अस्वीकार गर्यो ।
लाम्पार्डले भन्नुभयो, “मेरो सोचाइमा स्पष्ट पेनाल्टी थियो, समात्न पाइन्छ तर टाउको बेर्न भने पक्कै पाइन्न ।” म्यान्चेष्टर यूनाइटेड पाँच खेलबाट सात अङ्क बटुलेपनि ऊ लगातार छैठौं खेलमा जित्न सकेन । अङ्कतालिकाको करिब पुछारमा रहेको यूनाइटेडले सन् १९३० पछि लगातार तेस्रो पटक घरेलु मैदानमा हार टार्न सफल भयो ।
गएराति नै सम्पन्न अन्य खेलहरुमा वेष्टहमले म्यान्चेष्टर सिटीसँग १–१ को बराबरी खेल्दा फुलहमलाई क्रिष्टल पैलेसले २–१ ले हरायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?