logo
२०८० चैत्र १५ बिहीवार



इनारमा डुबेर बालकको मृत्यु

खुला |


इनारमा डुबेर बालकको मृत्यु



अमरराज नहकी
तनहुँ, काक्तिक ७ गते । इनारमा डुबेर तनहुँमा एक बालकको मृत्यु भएको छ । भानु नगरपालिका–७ चन्द्रावतीका दीपक खनालका पाँच वर्षका छोरा प्रीतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ ५ बजेदेखि हराइरहेका बालकको राति १० बजे इनारमा डुबेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार शवलाई शनिबार दमौली अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?