logo
२०८० चैत्र १५ बिहीवार



पाकिस्तानका तिब्र गतिका बलर उमर गुलद्वारा सन्यासको घोषणा

खेलकुद |


पाकिस्तानका तिब्र गतिका बलर उमर गुलद्वारा सन्यासको घोषणा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । पाकिस्तानका तिब्र गतिका बलर उमर गुलले अन्तर्राष्ट्रिय क्रिकेटको तीनवटै स्वरुपबाट सन्यासको घोषणा गर्नुभएको छ । पाकिस्तानका लागि उहाँले ४७ टेष्ट, १३० अन्तर्राष्ट्रिय एकदिवसीय र ६० टी ट्वान्टीमा प्रतिनिधित्व गर्नुभएको छ । सन् २००३ मा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गर्नुभएको उहाँ सन् २०१६ सम्म पाकिस्तानको प्रतिनिधित्व गर्नुभएको हो ।
शुक्रबार राति नेशनल टी ट्वान्टी कपमा उहाँ प्रतिनिधित्व गर्नुभएको बलुचिस्तान दक्षिणी पञ्जाबसँग हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि गुलले सन्यासको घोषणा गर्नुभएको हो । दुबै टोलिका खेलाडीलाई गुलको विदाईको क्रममा ‘गार्ड अफ अनर’को सम्मान दिएका थिए । पाकिस्तानले सन् २००७ को टी ट्वान्टी विश्वकपको फाइनलसम्म पुग्दा गुल सबैभन्दा बढी विकेट लिने खेलाडी हुनुहुन्थ्यो । सन् २००९ मा पाकिस्तानले विश्वकपको उपाधि जित्दा उहाँले उक्त प्रदर्शनलाई निरन्तरता दिनुभयो ।
विश्व टी ट्वान्टीको वरियतामा उहाँ सधैं शिर्ष स्थानमा रहनुभयो । टी ट्वान्टीमा सबैभन्दा उत्कृष्ट योर्कर बलरको रुपमा उहाँ चिनिनुहुन्छ । टी ट्वान्टी विश्वकप २००९ मा उहाँले न्युजिल्याण्ण्ड विरुद्ध छ रन खर्चेर पाँच विकेट लिनुभएको थियो । सन् २०१३ पछि उहाँको क्रिकेट जिवन स्थिर रहेन । घुँडाको चोटको कारण बाहिरिएपछि उहाँ निरन्तर टोलिमा स्थान सुरक्षित गर्न सक्नुभएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?