logo
२०८१ बैशाख १३ बिहीवार



शीर्ष वरीयताका गल्फर डस्टिन जोन्सनमा कोरोना सङ्क्रमणको पुष्टि

खेलकुद |


शीर्ष वरीयताका गल्फर डस्टिन जोन्सनमा कोरोना सङ्क्रमणको पुष्टि
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । विश्व वरीयतामा शीर्ष स्थानका गल्फर डस्टिन जोन्सनमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । व्यवसायिक गल्फर संघ(पीजीए)ले जोन्सनमा कोरोनाभाइरसको सङ्क्रमणका पुष्टि गरेको हो ।
पीजीएका अनुसार ३६ वर्षीय जोन्सन हाल आइसोलेशनमा हुनुहुन्छ । सङ्क्रमणको पुष्टिसँगै जोन्सनले बिहीबार हुने सीजी कपबाट नाम फिर्ता लिनुभएको छ । अमेरिकी गल्फर जोन्सन गत् सेप्टेम्बर महिनामा सम्पन्न यू एस ओपनमा छैटाैं स्थान प्राप्त गर्नुभएको थियो ।
जोन्सनले सीजी कपबाट नाम फिर्ता लिनुपर्दा दुःखी भएको बताउनुहुँदै आफू सक्दो छिटो गल्फका लागि फिर्ता हुने जानकारी साझा गर्नुभएको छ । सोमबार मात्रै जोन्सनले सीजी कपका अधिकारीहरुलाई आफूमा सङ्क्रमणको लक्षण देखिएको जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?