logo
२०८१ बैशाख ८ शनिवार



क्रिष्टियानो रोनाल्डोमा कोरोना सङ्क्रमण

खेलकुद |


क्रिष्टियानो रोनाल्डोमा कोरोना सङ्क्रमण
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । पोर्चुगिज फुटबल फेडेरेशनले रोनाल्डो कोरोनाभाइरसबाट सङ्क्रमत भएको पुष्टि गरेको छ ।
फेडेरेशनले एक वक्तब्य जारी गरी ३५ वर्षीय रोनाल्डोमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरेको छ । बुधबार पोर्चुगलले नेशनल लिग खेलमा स्वीडेनको सामना गर्दैछ । फर्नान्डो सान्टोसमा सङ्क्रमण नदेखिएकोले उहाँ छनोटका लागि तयार हुनुहुन्छ ।
उहाँ हाल आइसोलेशनमा हुनुहुन्छ । आइसोलेशनमा रहँदा उहाँले सिरी ए मा आइतबार क्रोटोन विरुद्धको खेलमा समेत सहभागी हुन पाउने छैन् । रोनाल्डोले ‘रंगभूमीभित्र र बाहिर एकढिक्का’ क्याप्शनसहितको पोर्चुगल टोलीसँगको सामूहीक तस्विर ट्वीटरमा गत् सोमबार साझा गर्नुभएको थियो ।
गत् आइतबार पोर्चुगलले नेशनल लिगमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो । गत् सेप्टेम्बरमा सम्पन्न स्वीडेनविरुद्धको खेलमा पोर्चुगलका कप्तान रहनुभएका रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय फुटबल जिवनको एक सय गोल पूरा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?